११ माघ २०८२, आइतबार | January 25, 2026

लण्डनमा लागु औषध कारोवार आरोपमा एक नेपाली युवा पक्राउ



लण्डन । लण्डनमा लागू औषध कारोवारको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन ।

साउथइस्ट लण्डनस्थित प्लमस्टिड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा गत शुक्रबार पक्राउ परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

गस्तीमा रहेका प्रहरीले अधिकारीलाई इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको अवस्थामा भेटेका थिए । अधिकारी र उनीसंगै पक्राउ परेका चार्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई चाथम, केन्टमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गरिरहेको अभियोग लगाइएको छ ।

आरोपित दुवै जनालाई गत १२ अप्रिलमा मिडवे म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हाल हिरासतमा रहेका ति दुई युवालाई आउंदो मे १० मा मेडस्टोन क्राउन कोर्टमा उपस्थित गराइने नेपाली लिंकले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : २२ बजे

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

जनकपुरमा गर्ने भनिएको कांग्रेसको मधेशसभा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको