३२ असार २०८३, बिहिबार | July 16, 2026

लण्डनको वेलिङमा नेपालीको फार्मेसी



लण्डन । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङ मानिम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो । वेलिङमा आयोजित एक कार्यक्रमकाबीच मेयर काउन्सिलर जेम्स हन्टले फार्मेसीको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयेर हन्टले फार्मेसीले बेलायतको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।

त्यस्तै निम ट्रि फामेर्सीले बेलायतमा पुर्याएको योगदानबारे कँडेल ग्रुपका सीईओ राजन कँडेलले चर्चा गरेका थिए । कोरोना महामारीको समयमा लण्डनमा निम ट्रि फामेर्सीले पुर्याएको योगदान सबैले अनुभुत गरेको उनले बताए । ‘बेलायतमा यो हाम्रो चौथो फार्मेसी हो । कोरोना महामारीको समयमा लण्डनमा फार्मेसीले ठुलो योगदान पुर्याउन सफलभएको छ । बिरामी भएपछि सबैभन्दा सहज तरिकाले सुझाव लिने ठाउँ भनेकै हाइस्ट्रिट फार्मेसी नै हो । यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ ।’ उनले भने, -‘यहाँ स्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पुर्ण तयारी गरेका छौँ ।’

नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवादिने तयारी गरिएको उनले बताए । फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु नपर्ने समेत उनले बताए ।

त्यस्तै फार्मेसीकी सुपरिटेन्डेन्ट फर्मासिष्ट विमला सापकोटाले निम ट्रि फार्मेसीको भुमिका र यसले दिदै आइरहेको सुविधाबारे बताएकी थिइन् । होम केयर कम्पनी, बेक्सिली ब्रान्चका डाइरेक्टर फत्त थापाले फार्मेसीको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।

फार्मेसीमा एनएचएस सर्भिस, एनएचएस कन्सल्टेशन सर्भिस, प्राइभेट कन्सल्टेशन रुम, बुहभाषिक स्टाफ, दोहोराएर प्रेसक्रिप्शन सर्भिस, डेलिभरी सर्भिस, न्यु मेडिशिन सर्भिस, भ्याक्सिनेशन सर्भिस, इमेरजेन्सी कन्ट्रासेप्सन, प्राइभेट डिस्पेन्शन सर्भिस, प्राइभेट कन्सल्टेशनजस्ता सुविधाहरु उपलब्ध हुने निम ट्रि फार्मेसीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ११ : २० बजे

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक