३ आश्विन २०८३, शनिबार | September 20, 2026

जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी, विद्यालय बन्द



जुम्ला । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् ।वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ ।

मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् ।

विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय अहिले बन्द गरिएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माविका प्रधानाध्यापक जनक रावतले बताए । उनले भने, “अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ । गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका छन् ।”

विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले बताए । बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रसित अवस्थामा छ । समयमै रोगको पहिचान र निदान नभए गाउँ नै सङ्क्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले बताए ।

“गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्ररूपमा गाउँ नै थला पार्न थालेको छ”, वडाध्यक्ष रावलले भने, “तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रदूषणले पनि यो समस्या खडा गरेको छ ।” लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीयवासी बताउँछन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईँका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य संयोजक चौलागाईँले बताए । रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाकाले बताए ।

गाउँमा डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण भएको छ । मौसमी रुघाखोकी फैलिँदा बालबालिका बिरामी परेको भन्ने बुझिएको छ । आवश्यक औषधि उपलब्ध गराई उपचार गरेको प्रमुख सापकोटाले बताए । चन्दननाथ नगरपालिका–४ का स्थानीयवासी अप्सरा न्यौपानेले भने, “मेरो बच्चा पनि अहिले बिरामी छ, विद्यालयबाट बिरामी भएर आयो । बच्चाको स्वास्थ्य जाँच चिकित्सकले सामान्य रुघाखोकी हो भन्नुभएको छ, मेरो छिमेकीका बच्चा अहिले एक/दुई गरेर बिरामी परेका छन् ।”

विद्यालयमा राम्रोसँग स्वास्थ्यका मापदण्ड लागू नहुँदा यस्तो समस्या अझै आउने स्थानीयवासी न्यौपानेले बताए । वायु प्रदूषण र अहिले मौसम सुक्खा भएकाले स्वास्थ्यका लागि हानिकारक रहेको वातावरणविद् बताउँछन् । रासस

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ३५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब