१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भारतबाट आएको सुर्खेतका ३१ वर्षीय कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु



नेपालगञ्ज । सुर्खेतका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण नेपालगञ्जमा मृत्यु भएको छ ।

एक हप्ताअघि भारतबाट आएका सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान नेपालगञ्जमा मृत्यु भएको हो ।

एक हप्ताअघि भारतबाट आएका पुरुषको स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो ।

त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आज बिहान ७ः३५ बजे भेरी अस्पतालमा मृत्यु र उनमा कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ ।

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ५७ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका