१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालगन्जले एकपछि अर्को ‘रेकर्डब्रेक’ गर्दै, शुक्रबार थपिए १२७ नयाँ कारोना संक्रमित



नेपालगन्ज । बाँके स्थित भेरी अस्पतालको पीसीआर परीक्षण ल्यावले पछिल्लो हप्ता एकपछि अर्को ब्रेक गर्दै गएको छ । बुधबार मात्र एकै दिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालको पीसीआर ल्यावमा शुक्रबार फेरि १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा पछिल्लो २४ घण्टामा प्राप्त रिपोर्ट अनुसार १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ । १२७ जना मध्य बाँके ठेगाना लेखाएका मात्र ९९ जना छन् भने अन्य संक्रमितहरु पनि ठेगाना बाहिरी जिल्ला भएर बाँकेमा बसोबास गर्दै आएका हुन् । उता आज १२ बजे सम्ममा भारतबाट नेपाल फर्केका १५ जना नेपालीहरुमा पनि कोरोना संक्रमण पुष्टि र्भको छ । उनीहरुको नेपाल भारत सिमाको जमुनाहामा एन्टिजिन परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

शुक्रवार भेरी अस्पतालबाट जारी गरिएको सूचना अनुसार संक्रमित हररूको विवरण एकै दिनमा हालसम्म कै धेरै संख्यामा संक्रमित पहिचान भएको हो ।
आजको रिपोर्टले बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको संकेत गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : ३४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज