१८ श्रावण २०८३, सोमबार | August 4, 2026

चट्याङले निसीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति



बलेवा । चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पुर्याएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पुर्याएको छ ।

निसीखोला गाउँपालिका-२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए ।

“प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ”, उनले भने, “यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।”

विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ ।

चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए ।

चट्याङले जलविद्युत् आयोजनामा पुर्याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताए । रासस

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : ४२ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क