१ पुस २०८२, मंगलबार | December 16, 2025

कोहलपुर सवारी दुर्घटनामा मृत्यु हुने मध्य ४ जनाको सनाखत



नेपालगन्ज । शुक्रबार साँझ बाँकेको कोहलपुरमा यात्रुवाहक बस र टिप्पर ठक्कर खाँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ । शुक्रबार बेलुका भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको थियो ।

कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै भएको सवारी दुर्घटनामा मृत्यु हुनेमा टिप्परका सहचालक कोहलपुर १२ का उदय बाँठा, टिप्पर चालक कोहलपुर ३ बस्ने खगेन्द्र बहादुर सुनार, सुर्खेत साताखान ७ का जिवनबहादुर बिक तथा बसका साहु मेची नगर नयरपालिका १२का छत्रबाहदुर कटवाल रहेका छन् । प्रहरीका अनुसार नाम नखुलेको अन्दाजी वर्ष ३०। ३५ की एकजना महिलाको पनि मृत्यु भएको छ । टिप्पर र यात्रुबाहक बस एकआपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुका साथै ३७ जना घाईते भएका थिए । घाईते मध्य ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ गईरहेको मे १ ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट कोहलपुर तर्फ आउँदै गरेको अन टेष्ट टिप्पर एक आपसमा ठोक्कीएका थिए ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । ४२ जना घाईतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । २ जनाको अवस्था अझै गम्भिर रहेको प्रहरीले जनाएको छ ।

पुर्णरुपमा क्षतीग्रस्त बस र टिप्परभित्र रहेका घाईतेहरुको जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्दार गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ०४ बजे

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज