३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कोहलपुर सवारी दुर्घटनामा मृत्यु हुने मध्य ४ जनाको सनाखत



नेपालगन्ज । शुक्रबार साँझ बाँकेको कोहलपुरमा यात्रुवाहक बस र टिप्पर ठक्कर खाँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ । शुक्रबार बेलुका भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको थियो ।

कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै भएको सवारी दुर्घटनामा मृत्यु हुनेमा टिप्परका सहचालक कोहलपुर १२ का उदय बाँठा, टिप्पर चालक कोहलपुर ३ बस्ने खगेन्द्र बहादुर सुनार, सुर्खेत साताखान ७ का जिवनबहादुर बिक तथा बसका साहु मेची नगर नयरपालिका १२का छत्रबाहदुर कटवाल रहेका छन् । प्रहरीका अनुसार नाम नखुलेको अन्दाजी वर्ष ३०। ३५ की एकजना महिलाको पनि मृत्यु भएको छ । टिप्पर र यात्रुबाहक बस एकआपसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुका साथै ३७ जना घाईते भएका थिए । घाईते मध्य ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ गईरहेको मे १ ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट कोहलपुर तर्फ आउँदै गरेको अन टेष्ट टिप्पर एक आपसमा ठोक्कीएका थिए ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । ४२ जना घाईतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । २ जनाको अवस्था अझै गम्भिर रहेको प्रहरीले जनाएको छ ।

पुर्णरुपमा क्षतीग्रस्त बस र टिप्परभित्र रहेका घाईतेहरुको जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले उद्दार गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ०४ बजे

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप