१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन । पछिल्लो समय मुलुकमा देखिएका विभिन्न समस्याहरुलाई सामूहिक रूपमा समाधान गर्ने भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरुलाई सहभागी हुन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिए ।

पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरहेको र नेकपा (माओवादी) केन्द्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने तयारी गरेको भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका थिए । त्यस्तै, ओलीले अन्य नेतालाई पनि आफैले फोन गरेर सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच सरकार निर्माणका लागि आन्तरिक गृहकार्य भईरहेका बेला बोलाइएको सर्वदलीय बैठकलाई सबैले चासोकासाथ हेरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : ५९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम