३० भदौ २०८३, मंगलबार | September 16, 2026

सत्तारुढ दल रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजना गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई-दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।

सर्वदलीय बैठकको औपचारिक निमन्त्रणा तथा अनुरोधपत्र संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको रास्वपाले जनाएको छ ।

बैठकमा रास्वपा सभापति रवि लामिछानेले हालै सम्पन्न आफ्नो तथा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता तथा प्राप्त उपलब्धिबारे राजनीतिक दलहरूलाई अवगत गराइने बताइएको छ ।

यसका साथै संसद्मा जारी गतिरोध, समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रिय महत्वका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

रास्वपाले राष्ट्रिय हितसँग सम्बन्धित विषयमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्न तथा संवादको वातावरण सुदृढ बनाउन सर्वदलीय बैठक आयोजना गरिएको जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ७ : ५० बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज