काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् । भोलि बिहीबारका लागि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने गरि आमन्त्रण गरिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा केन्द्रीत भएर छलफल हुनेछ।

















प्रतिक्रिया