७ चैत्र २०८२, शनिबार | March 22, 2026

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन । पछिल्लो समय मुलुकमा देखिएका विभिन्न समस्याहरुलाई सामूहिक रूपमा समाधान गर्ने भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरुलाई सहभागी हुन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिए ।

पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरहेको र नेकपा (माओवादी) केन्द्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने तयारी गरेको भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सर्वदलीय बैठकको निमन्त्रणा दिन प्रधानमन्त्री ओली आफैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका थिए । त्यस्तै, ओलीले अन्य नेतालाई पनि आफैले फोन गरेर सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच सरकार निर्माणका लागि आन्तरिक गृहकार्य भईरहेका बेला बोलाइएको सर्वदलीय बैठकलाई सबैले चासोकासाथ हेरेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : ५९ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा