१२ बैशाख २०८१, बुधबार | April 25, 2024

भारतमा कोरोना संक्रमण दर झनै तीब्र, एकैदिन २ लाख ३३ हजारमा संक्रमण



एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर झनै तीब्र बनेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएका छन । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (शुक्रबार) वैशाख ३ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख १६ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभरकै आँकडाका अनुसार कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ सय ३८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७५ हजार ६७३ पुगेको छ । संक्रमितमध्ये एक करोड २६ लाख ६६ हजार ८८९ जना निको भइसकेका छन् भने १६ लाख ७९ हजार १२१ सक्रिय संक्रमित रहेका छन ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २३ लाख ५ हजार ५९५ संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा त्यहाँ ८१ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८८४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका हिसाबले तेस्रो स्थानमा रहेको ब्राजिलमा भने एक करोड ३८ लाख ३४ हजार ३४२ संक्रमित रहेका छन । त्यहाँ पछिल्लो २४ घण्टामा ७६ हजार २४९ संक्रमित थपिँदा ३ हजारभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : ०५ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको