४ आश्विन २०८३, आइतबार | September 20, 2026

भारतमा कोरोना संक्रमण दर झनै तीब्र, एकैदिन २ लाख ३३ हजारमा संक्रमण



एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर झनै तीब्र बनेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएका छन । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (शुक्रबार) वैशाख ३ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख १६ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभरकै आँकडाका अनुसार कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ सय ३८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७५ हजार ६७३ पुगेको छ । संक्रमितमध्ये एक करोड २६ लाख ६६ हजार ८८९ जना निको भइसकेका छन् भने १६ लाख ७९ हजार १२१ सक्रिय संक्रमित रहेका छन ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २३ लाख ५ हजार ५९५ संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा त्यहाँ ८१ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८८४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका हिसाबले तेस्रो स्थानमा रहेको ब्राजिलमा भने एक करोड ३८ लाख ३४ हजार ३४२ संक्रमित रहेका छन । त्यहाँ पछिल्लो २४ घण्टामा ७६ हजार २४९ संक्रमित थपिँदा ३ हजारभन्दा बढीको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : ०५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब