१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

रुपन्देहीमा डीसीसीएमसीले दियो विद्यालय संचालन गर्न छुट, स्वास्थ्य मादण्ड पालना नगर्नेलाई संत्रामक ऐन बमोजिम कारवाही हुने



बुटवल । कोरोना महामारीको दोस्रो लहरले विकराल रुप लिईसक्दा पनि रुपन्देहीमा भने विद्यालय बन्द गर्न आवश्यक नरहेको ठहर गरिएको छ । स्वास्थ्य मन्त्रालयले बिद्यालयहरुबाट माहामारी समूदायमा फैलन सक्ने जोखम औंल्याएपनि रुपन्देही जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले जिल्लामा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्न सकिने निर्णय गरेको छ ।

जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको शनिबार दिउसो बसेको बैठकमा कोरोना संक्रमणमा बेलहिया नाका हुदै आउने नागरिकलाई सिमामा स्थापित होल्डिङ सेन्टरमा स्वास्थ्य जाच गरी संकास्पद व्यक्तिको अनिवार्य एन्टिजेन परिक्षण गरी पोजिटिभ देखिएकालाई सम्बन्धित अस्पताल वा आइशोलेशन सेन्टर पठाउने निर्णय समेत गरेको छ।

बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालको क्षमता बृद्धि गर्न नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गर्दै दुबै अस्पतालमा १५–१५ वेडको स्क्रीनिङ सेन्टर बनाउने तथा कोभिड अस्पतालमा थप भेन्टिलेटर, अक्सिजन, नेबुलाइजर लगायतका सामाग्रीको व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार बैठकले राती ९ बजे सम्म मात्र सबै प्रकारका व्यवसाय संचालन गर्ने, सबै पालिकाहरुले आफनो पालिका भित्रका नागरिकको व्यवस्थापनका लागि क्वारेन्टाईन र आईसोलेसन केन्द्र तत्काल तयार गर्ने लगायतको निर्णय भएको छ ।

बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई संक्रमण रोग ऐनबमोजिम कारबाही गर्ने निर्णय भएकोे जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : १२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम