१८ श्रावण २०८३, सोमबार | August 4, 2026

३ घण्टाका बीचमा भेरी अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा जुन अनुपातमा कोरोना संक्रमितहरु थपिएका छन् सोही अनुपातमा मृत्युको दर पनि थपिंदै गएको छ । बाँकेको भेरी अस्पतालमा मात्र पछिल्लो ३ घण्टाका बीच ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् । आज शनिबार मात्र भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेका संक्रमितहरु मध्य तिन जनाको ३ घण्टाको अन्तरालमा मृत्यु भएको हो ।

शनिबार बेलुका ७ बजे राजापुर १ बर्दियाका ७३ वर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ भने ७ः४० बजे बाँकेको बैजनाथ गाउँपालिका ८ की ७८ वर्षिय महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । आजै नारायण गाँउपालिका १ दैलेखकी ६८ वर्षिय महिलाको समेत राती ९ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

राजापुरका मृतक बैशाख २ गते अस्पताल भर्ना भएका थिए । पहिलो मृत्युको ४० मिनेट पछि मृत्यु भएकी महिला गत चैत्र ३१ गते कोरोना संक्रमण देखिएपछि ति महिलालाई बैशाख १ गते अस्पताल भर्ना गरीएको थियो । कोरोना संक्रमण पुष्टि भएको ४ दिनपछि उनको शनिबार बेलुका ७ः४० बजे मृत्यु भएको हो । त्यसैगरि नारायण गाँउपालिका १ दैलेखकी ६८ वर्षिय महिलाको गत चैत्र ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी थिईन् उनको पनि आजै ९ः३० बजे मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमितको सँख्या ९६ पुगेको छ भने जिल्लाभित्रका ६० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ४१ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क