२३ बैशाख २०८१, आइतबार | May 5, 2024

३ घण्टाका बीचमा भेरी अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा जुन अनुपातमा कोरोना संक्रमितहरु थपिएका छन् सोही अनुपातमा मृत्युको दर पनि थपिंदै गएको छ । बाँकेको भेरी अस्पतालमा मात्र पछिल्लो ३ घण्टाका बीच ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् । आज शनिबार मात्र भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचार गराईरहेका संक्रमितहरु मध्य तिन जनाको ३ घण्टाको अन्तरालमा मृत्यु भएको हो ।

शनिबार बेलुका ७ बजे राजापुर १ बर्दियाका ७३ वर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ भने ७ः४० बजे बाँकेको बैजनाथ गाउँपालिका ८ की ७८ वर्षिय महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । आजै नारायण गाँउपालिका १ दैलेखकी ६८ वर्षिय महिलाको समेत राती ९ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

राजापुरका मृतक बैशाख २ गते अस्पताल भर्ना भएका थिए । पहिलो मृत्युको ४० मिनेट पछि मृत्यु भएकी महिला गत चैत्र ३१ गते कोरोना संक्रमण देखिएपछि ति महिलालाई बैशाख १ गते अस्पताल भर्ना गरीएको थियो । कोरोना संक्रमण पुष्टि भएको ४ दिनपछि उनको शनिबार बेलुका ७ः४० बजे मृत्यु भएको हो । त्यसैगरि नारायण गाँउपालिका १ दैलेखकी ६८ वर्षिय महिलाको गत चैत्र ३० गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी थिईन् उनको पनि आजै ९ः३० बजे मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमितको सँख्या ९६ पुगेको छ भने जिल्लाभित्रका ६० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ४१ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं