१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भारतमा कोरोना संक्रमण दर तीब्र बढदैं, एकैदिन २ लाख ६० हजारमा संक्रमित थपिए



काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघि (शनिबार) वैशाख ४ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख ३३ हजार ९४३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २८ लाख ३ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख १ हजार ५०२ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १४९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ०८ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको