३ आश्विन २०८३, शनिबार | September 20, 2026

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीन जनाको मृत्यु



कावासोती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका-५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका-२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका-२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।

अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रनाउक गिरीले बर्ताए । शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेको थियो । बस दुर्घटनामा परी बसमा सवार सबै घाइते भएका थिए ।

सडकबाट भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । रासस

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ५२ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब