१७ असार २०८३, बुधबार | July 1, 2026

रामबहादुर थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट समेत स्वतः पदमुक्त



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सांसद पद खारेज भएको छ । गृहमन्त्री थापाको पद रिक्त भएको संसद सचिवालयले जनाएको छ ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले थापाले दल त्याग गरेको पत्र संसद सचिवालयमा दिएका थिए । सम्बन्धित पार्टीले दल त्याग ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाएर लिखित पत्र दिएपछि दल त्याग हुन्छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेशमा भएका कारण थापाको पद केही दिन बचेको थियो ।

यससँगै थापा गृहमन्त्रीबाट समेत स्वतः पदमुक्त भएका छन् । तर, सांसद नभएपनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई तत्कालै गृहमन्त्रीमा पुनर्नियुक्ति दिनेछन् । राष्ट्रिय सभाकै अर्का सदस्य चन्द्रबहादुर खड्काको पनि पद रिक्त हुनेभएको छ ।

यसअघि प्रतिनिधिसभामा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीको पद रिक्त भएको थियो ।

थापासहित सबै सांसदहरु नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : २६ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज