४ आश्विन २०८३, आइतबार | September 20, 2026

नयाँ जन्मिने शिशुलाई जुम्लाको पातारासी गाउँपालिकाले तीन हजार दिने



जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै तीन हजार दिने व्यवस्था गरेको छ ।

नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताइन् ।

उनले भनिन् “पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभिभावकले जन्मिने बित्तिकै उपलब्ध हुने रकमले पोषिलो खानेकुरा खुवाउने छन् ।” छोराको न्वारन गर्ने, छोरी जन्मँदा नगर्ने, छोरीलाई सरकारी स्कूलमा पढाउने, छोरालाई महँगा निजी स्कूलमा पढाउने विभेद कायमै रहेको उनको भनाइ थियो ।

गाउँपालिकाले छोराछोरीको विभेद हटाउन शिशु जन्मने बित्तिकै तीन हजार दिने व्यवस्था गरेको उपाध्यक्ष महताराले बताइन् । अभिभावकलाई बालबालिकाप्रति लगानी गर्ने इच्छा जागोस् भन्ने हेतुले गाउँपालिकाले यो अवधारणा ल्याएको बताइएको छ । घरपरिवारले अनिवार्य रुपमा तीन हजार थपेर बैंकमा खाता खोल्नुपर्ने गरिएको गाउँपालिकाले जनाएको हो ।

अब जन्मिने बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणासमेत निजकै खाता जम्मा गर्नुपर्ने नियमसमेत बनाएको छ । गाउँपालिकाले बालबालिकाका लागि कोष खडा गरेको छ । रासस

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : १३ बजे

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरो

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न