१५ बैशाख २०८१, शनिबार | April 28, 2024

नयाँ जन्मिने शिशुलाई जुम्लाको पातारासी गाउँपालिकाले तीन हजार दिने



जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै तीन हजार दिने व्यवस्था गरेको छ ।

नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताइन् ।

उनले भनिन् “पहिले छोरा र छोरी बीचमा ठूलो विभेद हुन्थ्यो, अहिले स्थानीय सरकार आएपछि छोराछोरी बराबरीका रुपमा हेरेका छौँ, अभिभावकले जन्मिने बित्तिकै उपलब्ध हुने रकमले पोषिलो खानेकुरा खुवाउने छन् ।” छोराको न्वारन गर्ने, छोरी जन्मँदा नगर्ने, छोरीलाई सरकारी स्कूलमा पढाउने, छोरालाई महँगा निजी स्कूलमा पढाउने विभेद कायमै रहेको उनको भनाइ थियो ।

गाउँपालिकाले छोराछोरीको विभेद हटाउन शिशु जन्मने बित्तिकै तीन हजार दिने व्यवस्था गरेको उपाध्यक्ष महताराले बताइन् । अभिभावकलाई बालबालिकाप्रति लगानी गर्ने इच्छा जागोस् भन्ने हेतुले गाउँपालिकाले यो अवधारणा ल्याएको बताइएको छ । घरपरिवारले अनिवार्य रुपमा तीन हजार थपेर बैंकमा खाता खोल्नुपर्ने गरिएको गाउँपालिकाले जनाएको हो ।

अब जन्मिने बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणासमेत निजकै खाता जम्मा गर्नुपर्ने नियमसमेत बनाएको छ । गाउँपालिकाले बालबालिकाका लागि कोष खडा गरेको छ । रासस

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : १३ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म