१ पुस २०८२, मंगलबार | December 16, 2025

कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासनको अनुरोध



कैलाली । कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कैलालीमा १० दिन विद्यालयहरू बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

‘कैलाली अति प्रबाभित क्षेत्रमा परेको हुँदा १० दिन विद्यालय बन्द गर्न अनुरोध गरेका छौँ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘त्यसलाई कार्यान्वयन गर्ने अधिकार स्थानीय तहहरूलाई छ ।’ उनले सोमबार देखि लागू हुने गरी अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्नेसमेत जनाइएको छ । प्रशासन कार्यालयले कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिनपछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने जनाएको छ । बैठकमा जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज