२३ बैशाख २०८३, बुधबार | May 7, 2026

कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासनको अनुरोध



कैलाली । कैलालीमा १० दिन विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कैलालीमा १० दिन विद्यालयहरू बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

‘कैलाली अति प्रबाभित क्षेत्रमा परेको हुँदा १० दिन विद्यालय बन्द गर्न अनुरोध गरेका छौँ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘त्यसलाई कार्यान्वयन गर्ने अधिकार स्थानीय तहहरूलाई छ ।’ उनले सोमबार देखि लागू हुने गरी अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।

सो अवधिमा विद्यार्थीले परीक्षाको तयारी गर्न सक्नेसमेत जनाइएको छ । प्रशासन कार्यालयले कोरोनाको अवस्थालाई हेरेर आगामी १० दिनपछि सबै विद्यार्थीहरुको परीक्षा गर्न सकिने जनाएको छ । बैठकमा जिल्लाका सबै स्थानिय तहका जनप्रतिनिधीको सहभागिता रहेको थियो।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : २४ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा