४ आश्विन २०८३, आइतबार | September 20, 2026

सशस्त्र प्रहरी बलको दुई वटा बीओपी स्थापना



कैलाली । कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बीओपी स्थापना भएका छन् ।

जिल्लाको भजनी नगरपालिका-६ मा बीओपी कालापातल र भजनी नगरपालिका-७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गरे ।

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताए ।

उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बिओपीको प्रमुख काम भएकाले व्यावसायिक ढङ्गले कार्य क्षेत्रमा खटिन निर्देशन दिए ।

भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बिओपीले पूरा गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो ।

एक सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बिओपी स्थापना भइसकेको र क्रमिकरुपले बीओपीको सङ्ख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ । रासस

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ३९ बजे

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-२ रिप नजिकैको छारेभिरमा पहिरो

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न