७ चैत्र २०८२, शनिबार | March 22, 2026

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते विस्तार गरेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको हो ।

बिहान ११ बजेबाट बस्ने बैठकमा समसामयिक राजनीतिक प्रस्ताव, नेताहरुको कार्यविभाजन, कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने नेताहरुमाथि कारवाही लगायतका विषयमा छलफल हुने बताइएको छ ।

तर, यो बैठकमा माधव नेपाल पक्षीय नेताहरु भने अनुपस्थित हुने भएका छन् । ओलीले विधान विपरित स्वेच्छाचारी ढंगले केन्द्रीय कमिटी हरेफरेर गरेको भन्दै उनीहरु बैठकमा अनुपस्थित हुने भएका हुन् ।

एमालेकै अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टी आजकोे बैठक रोकेर पार्टीलाई विभाजनको बाटोमा जान नदिन अपील गरेका थिए ।

आइबारै नेपाल पक्षीय नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेर एमालेले नवौं महाधिवेशनबाट पारित गरेको विधान विपरित फागुन २८ गते अध्यक्ष ओलीले गरेको एकपक्षीय केन्द्रीय कमिटी विस्तार विवादबारे निरुपण गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : १५ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा