११ बैशाख २०८१, मंगलबार | April 23, 2024

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् पुनर्गठन, जसपाका ४ सांसद मन्त्री बन्दै, ४ बजे शपथ



बुटवल । अविश्वास प्रस्ताव दर्ता लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका छन ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु विजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको मुख्मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

केसीले नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजे हुने बताएसंगै सो कार्यक्रममा पत्रकारहरूलाइ निम्तो समेत दिएका छन् ।

माओवादी केन्द्रका दुई जना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालयसंगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् ।

लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : २९ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको