२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

माधव नेपालसहित ४ नेतालाई थप कारवाही गरिने, थप १६ जना एमाले नेतालाई स्पष्टीकरण सोधिने



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै पार्टीको सदस्यबाट निलम्बन गरेका वरिष्ठ नेता माधव नेपाल सहित थप २० जना एमाले नेताहरुलाई एमालेको महाधिवेश आयोजक कमिटीले कडा स्पष्टीकरण सोध्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले महाधिवेशन आयोजक समितिको बैठकले नेपाल सहित २० जना अन्य नेताहरुसँग कडा स्पष्टीकरण सोध्ने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

आज बालुवाटारमा जारी बैठकले यसअघि नै कारबाहीमा परेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई थप कारबाही गर्ने र अन्य १६ जना नेतालाई पनि कारबाही गर्ने भएको हो।

कारवाहीको लिष्टमा एमाले कर्णाली प्रदेशका प्रभावशाली नेता प्रकाश ज्वाला सहित १६ जनाको नाम दर्ज भएको ती नेताले बताए ।

आज सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो स्पष्टीकरण नआएमा बैशाख १० गते बस्ने बैठकबाट उनीहरुलाई कारवाही गर्ने एमालेको ओली पक्षले तयारी गरेको छ ।

गत पुसमा बसेको ओलीपक्षीय केन्द्रीय समितिको एउटा बैठकले १५ सय १ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो।

सो १५ सय १ जनाको समितिलाई अब राष्ट्रिय प्रतिनिधि परिषद बनाउने निर्णय पनि सो बैठकले गरेको छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ४६ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको