१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका ४ सांसदलाई जसपाले फिर्ता बोलायो, फिर्ता नभएर सांसद पद खारेज गरिदिने चेतावनी



बुटवल । पार्टीको निर्णय बिपरित लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका ४ जना सभासदलाई स्पष्टीकरण सोधेको छ । (जसपा) ले आज सोमबार लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका पार्टीका चारै सांसदलाई सरकारबाट फिर्ता आउन समेत निर्देशन दिएको छ।

मन्त्रीपरिषदमा सहभागी भएर सपथ खाएको केहिबेरमा नै जसपाको लुम्बिनी प्रदेश कमिटीले उनीहरुलाई स्पष्टीकरण सोध्दै सरकारबाट फिर्ता आउन निर्देशन दिएको हो।

मन्त्री बनेका चार सांसद पार्टीको निर्देशनविपरित सरकारमा लुम्बिनी प्रदेशमा जसपाका संसदीय दलका नेता सहसराम यादवले जनाएका छन् । उनले सरकारबाट तुरुन्त फिर्ता नभए कानुन बमोजिम कारवाही गर्ने समेत यादवले चेतावनी दिएका छन् ।

सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले संयुक्तरुपमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थियो । अविश्वासको प्रस्ताव दर्ता भएको २ घण्टा भित्रै जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी पोखरेलकै नेतृत्वमा मन्त्री बन्न पुगेका थिए । कल्पना पाण्डे बाहेकका सांसदहरुले अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेका छन् ।

‘पार्टी निर्णयविपरित शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भई समथ ग्रहण गरेको हुँदा निजहरुलाई यथाशिघ्र सरकारबाट फर्किन निर्देशन गर्दै २४ घण्टे स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदा सम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ जसपाको प्रदेश समितिले आज साँझ प्रकाशन गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा लेखिएको छ, यथाशीघ्र सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई संसद पद नरहने गरी कारबाहीका लागि सम्पूर्ण कानुनी प्रक्रिया अवलम्बन गरिने व्यहोरा सम्पूर्ण पार्टी पंक्तीमा जानकारी गराइन्छ।’

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ३७ बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय