१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पाल्पाको निस्दीमा जीप दुर्घटना हुदा ७ जना घाईते, दुईको अवस्था गम्भिर



पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेका छन ।

मित्याल रामपुर सडक खण्ड अन्तरगत कच्चि सडकमा खादारबाट रामपुरतर्फ जाँदै गरेको ग १ ज ५७११ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा निस्दी गाउँपालिका ४ का ७० वर्षीय चुरा बहादुर सुनारी, ६४ वर्षीय फत्त सिंह ठाडाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य ५ जना सामान्य घाइते भएका छन ।

घाईतेहरुको रामपुर अस्पतालमा उपचार भईरहेको छ । ९ जना सवार रहेको उक्त जीप र चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

जीप सडकदेखि करिब ५ मिटर तल खसेर सालको रुखमा अड्किएको हुँदा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : ३२ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको