१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

भारतमा रोकिएन कोरोना संक्रमण दर : पछिल्लो २४ घण्टामा थपिए २ लाख ५६ हजार संक्रमण



काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

कोरोना उच्च जोखिम रहेका ठाउँमा लकडाउन तथा भिडभाड नियन्त्रणका लागि कफ्र्युसमेत लगाए पनि भारतमा कोरोना संक्रमण र मृत्यु बढ्ने क्रम रोकिएको छैन ।

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९४७ जनामा संक्रमण भएको छ । यसअघि (सोमबार) वैशाख ६ मा भारतमा अहिलेसम्मकै धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३१ लाख ३ हजार २२० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९४४ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १७५७ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ७ : १४ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।