८ बैशाख २०८१, शनिबार | April 20, 2024

संक्षिप्त कार्यक्रम गरेर मनाईयो जितगढी विजय उत्सव दिवस



बुटवल । नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो–जितगढी किल्ला । वि.सं१८७२ वैशाख ७ गते आजकै दिन नेपालले विश्व विजेता अंग्रेजलाई पराजित गरेको थियो ।

बुटवल उप-महानगरपालिका-१ मा रहेको यो गढी तत्कालीन अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला हो । यो किल्लामा तत्कालिन कर्णेल उजिरसिंह थापा मगरको नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालिन अंग्रेजी फौजलाई परास्त गरेको थियो ।

त्यतिबेला अंग्रेज (इष्ट इण्डिया कम्पनी) सरकारको विस्तार विश्वका लगभग सबै मुलुकमा भएको थियो । भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरुले राज गरेका थिए । सोही क्रममा अंग्रेजी फौजले नेपालमा आँखा गाडेको थियो र बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो । जितगढीमा अंग्रेजलाई हराएको नेपाली फाैजले अरु किल्लाहरुमा भने आफै हारेको थियो । जितगढीमा भएको वि.सं १८७२ वैैशाख ७ गतेको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ ।

विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले आज सम्पदा स्थलमा संक्षिप्त कार्यक्रमको आयोजना गरि बिजय उत्सव दिवस मनाएको छ । कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्दै वीर सहीदहरुको सम्झना र सम्मानमा श्रद्धाञ्जली अर्पण गरेर संक्षिप्त कार्यक्रम गरिएको हो । कोभिड-१९ को महामारीका कारणले यसपाली जितगढीमा सार्वजनिक समारोहको आयोजना नगरिएको उपमहानगरले जनाएको छ

जितगढीको संरक्षण गर्दै पर्यटनको केन्द्र बनाउने गुरुयोजना :

किल्लालाई संरक्षण गर्दै उपमहानगरले गुरुयोजना बनाएको छ । गुरुयोजना अनुरुपका काम अहिले धमाधम भइरहेका छन् । जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरि बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ ।

जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका हरु १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

गुरु योजना अन्तर्गत अहिले त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम भइरहेको छ ।

जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली विरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृत महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरि गुरुयोजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ ।

नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) शुरु भएकै बेलामा अंग्रेज र नेपालबीच सीमानामा विवाद सिर्जना भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधिहरु तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगेपनि विवाद समाधान हुन सकेन । सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो । सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमाना अवधसम्म पुगेको थियो ।

पाल्पाबाट भागेर गएका राजखलकहरु र भारदारहरुले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए । त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । विग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो । सुरुका युद्धमा हारेको नेपालले वि.सं १८७२ वैशाख ७ मा भएको युद्धमा भने तत्कालित अंग्रेजलाई पराजित ग¥यो । यो आजकै दिन हो ।

अमरसिंह थापा (साना) का नाती २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनैको नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लड्यो र
नेपालले जित्यो । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनालाई वि।सं १८७२ वैशाख ७ मा विजय हासिल गरी विजय पताका फहराएको आजको दिनलाई बुटवल उपमहानगरले विजय भएको दिनको मिति यकिन गर्दै विजय उत्सव दिवस मनाउँदै आएको छ ।

को–को थिए कर्णेल उजीरसिंह थापासँग लडाई लडेका फाैज ?

१) सानाकाजी अमर सिंह थापा, २) सरदार सूर्जे थापा, ३) लेप्टेन अम्बर अधिकारी, ४) कुम्भेदान वृषशुर थापा, ५) कुम्भेदान कृपासुर थापा, ६) जमदार भीमसेन देउजा, ७) जमादार सुरवीर बोहोरा, ८) हवल्दार रणसुर बानियाँ, ९) सिपाही हंसवीर अधिकारी, १०) थरघर नकुल बानियाँ, ११) समशेर राना मगर, १२) काजी वीरभञ्जन पाँडे र १३) जुठे बस्नेतलगायतका वीर नेपालीहरु घरेलु हतियार लिएर तत्कालिन अंग्रेज सेनासंग जाइलागेका थिए । जितगढीमा अहिले कर्णेल उजिरसिंह सहित यीनै १३ जना नेपाली वीर सपुतहरुको शालिक निर्माण
भएको छ ।

जितगढी नै पर्यटनको आधार क्षेत्र :
जितगढी किल्लालाई बुटवल उपमहानगरपालिकाले पर्यटकीय थलोका रुपमा विकास गर्नेगरि गुरुयोजना बनाएको छ । अहिले गुरुयोजना अनुरुपका काम भइरहेका छन् । जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलगायतका संरचानाहरु हटाइएको छ भने अरु संरचना क्रमश हटाइने छ । जितगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो रहेकाले यसलाई संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नेतर्फ उपमहानगर गम्भीर भएर लागेको बताउँदै नगर प्रमुख सवेदीले जितगढी नै यसक्षेत्रको पर्यटनको र इतिहासको आधार क्षेत्र बन्ने दाबी गरे ।

जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माणकार्य चलिरहेको र गुरुयोजना अनुरुपकै अर्को पाटो रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए।

कार्यक्रममा देखिएनन् जितगढीका अभियन्ताहरु :

उपमहानगरको संक्षिप्त कार्यक्रममा सेना, प्रहरी, सरकारी अधिकारीहरु सहित जन प्रतिनिधिहरुको उपस्थिती देखिएपनि जितगढीलाई उजागर गर्ने ईतिहासकार निर्मल श्रेष्ठ, जितगढी संरक्षण समितिका संस्थापक रबिन्द्र गोपाल लाकौल, इतिहासकार बिमल बहादुर शाक्य जस्ता ब्यक्तित्वहरुको भने उपस्थिती देखिएन ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १० : १७ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले