७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल पक्षका सांसदहरुको आकस्मिक बैठक बस्दै, कति सहज छ प्रत्यक्ष निर्वाचित सांसदहरुलाई हटाउन !



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफु निकट सांसदहरुको आकस्मिक भेला बोलाएको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल निकट सांसदहरुलाई कारवाहीको चेतावनीसहित लिखित स्पष्टीकरण सोधेपछि सो समुहले आकस्मिक भेला बोलाएको हो । नेपाल निकट ३५ जना सांसदहरु भएपनि बाँकी सांसदहरुलाई भने ओलीले स्पष्टीकरण सोधेका छैनन् ।

नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न भेला बोलाइएको हो । ओलीले नेपाल पक्षधर सांसदहरुलाई कारवाही गर्न पार्टी संसदीय दलको विधान परिवर्तन गरेका छन् । तर, ओलीले नेपाल निकट समानुपातिक सांसदहरुलाई तत्कालै हटाउन सके पनि प्रत्यक्ष निर्वाचित सांसदहरुलाई हटाउन भने त्यति सजिलो छैन ।

प्रत्यक्ष निर्वाचित सांसदहरुलाई हटाउन उनीहरुले संसदीय दलको ह्वीप उल्लंघन गरेको या दल त्याग गरेको अवस्था आउनुपर्छ । नेपाल पक्षधर सांसदहरुलाई समानान्तर गतिविधि गरेको आरोप ओलीले स्पष्टीकरणमा त्यसैलाई दल त्याग गरेको आधार बनाउन खोजेका छन् । तर, नेपाल निकट नेताहरु कसैले पनि एमाले दल परित्याग गरेका छैनन् नत उनीहरुले नयाँ पार्टी नै बनाएका छन् ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई