१६ चैत्र २०८२, सोमबार | March 30, 2026

माओवादी स्थायी समिति बैठक : ओली सरकारको समर्थन फिर्ताबारे निर्णय भएन



काठमाडौं । नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन आज पनि फिर्ता लिएन ।

माओवादी केन्द्रको मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताबारे कुनै निर्णय गरेन ।

बैठकमा समर्थन फिर्ताबारे छलफल भएपनि माओवादीले त्यसबारे अन्य राजनीतिक दलहरुसँग समेत थप परामर्शको आवश्यकता देखेका कारण निर्णय लिन नसकेको हो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने वित्तिकै ओलीले एकमहिनाभित्र विश्वासको मत हासिल गर्न संसदमा प्रस्ताव गर्न पाउँछन् । त्यसो भएमा उनलाई तत्कालै सरकारबाट विस्थापित गरेर संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने अवस्था समाप्त हुने माओवादी केन्द्रको बुझाई छ ।

बैठकपछि संचारकमीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन नरहेको कुरा लेखेर दिन मात्र बाँकी रहेको बताए। श्रेष्ठले भने, ‘अन्य दलहरुसँगको समझदारीकै आधारमा कदम चाल्छौं। हामी यो सरकारलाई हटाएर अर्को सरकार बनाउन चाहन्छौं।’
बैठकमा प्रदेश इन्चार्जहरुले आआफ्नो प्रदेशको गतिविधिबारे रिपोर्टिङ गरेका थिए ।

बैठकमा पार्टी र संसदीय दलको विधान अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई वितरण गरिएको थियो ।

स्थायी समिति बैठक भोलि पनि बस्नेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ४२ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन