१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नेपाल पक्षको निस्कर्ष – ‘हामी एमाले हौं, कारवाही गरे राजनीतिक र कानुनी लडाईं लड्छौं’



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ ।

नेता नेपाल र झलनाथ खनालसहित उनी पक्षीय २७ जना संघीय सांसद र ५ जना प्रदेश सांसदलाई अध्यक्ष ओलीले कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेपछि मंगलबार अपरान्ह बसेको बैठकले कानुनी र राजनीतिक लडाईं लडने निर्णय गरेको हो ।

नेपाल पक्षीय सांसदहरुको बैठकले आफुहरुले नेकपा एमालेको तर्फबाट गरेको गतिविधि सही भएको ठहराएको छ । ओलीको मनोमानि विरुद्ध प्रतिवाद गरेकै कारण स्पष्टीकरण सोधिएको ठहर गर्दै बैठकले आफुहरु अदालतले ब्यूँताइदिएपछि २०७५ जेठ २ गते अघिको आधिकारिक एमाले भएको पुनः स्पष्ट गरेको छ ।

 

यो पनि पढ्नुहोस : नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया सुरु, ३२ जनालाई सोधियो स्पष्टीकरण

 

बैठकपछि सांसद एवं नेतृ रामकुमारी झाँक्रीले भनिन, ‘हामीले दल बदल गरेका छैनौं, राजीनामा पनि दिएका छैनौं । अर्को पार्टी खोलेका पनि छैनौं । दर्ता गर्ने मनसाय पनि छैन । एमालेको केन्द्रीय सदस्य हौं, एमालेको सांसद हौं ।’

‘हामी स्पष्टीकरण दिन्छौं, कानुनी प्रतिरक्षा गर्छौं र राजनीतिक लडाइँ पनि लड्छौं ।’, झाँकीले भनिन्, ‘यो कुनै स्पष्टीकरण दिनलायक स्पष्टीकरण सोधिएको त होइन । स्पष्टीकरण दिएनौं भने प्रतिरक्षा नगरेको हुन्छ । हामी अदालतसम्म जान्छौं ।’

नेपाल पक्ष ओलीले १० गते बोलाएको महाधिवेशन आयोजक कमिटी बैठकमा पनि नजाने भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : ५४ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन