२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौ प्लाजाका अधिकांश पसल हटाइए



काठमाडौ । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत असारमा सम्झौता अवधि सकिएको र सोही कम्पनीसँग नयाँ सम्झौता नभएपछि कम्पनीले विभिन्न कारण देखाएर भवन खाली गराउन ढिलाइ गरिरहेको थियो ।

लामो समयदेखि बहालमा रहेको काठमाडौँ महानगरपालिकालाई सो भवन नयाँ दरअनुसार भाडामा दिइने गत वर्ष नै सरकारले निर्णय गरिसकेको छ । देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी जनसङ्ख्या रहेको महानरपालिकालाई एउटै भवनमा सबै कार्यालय हुँदा आफ्ना काम अघि बढाउन सजिलो हुने अपेक्षा गरिएको छ । झण्डै पाँच वर्षदेखि महानगर पूरै बहालको घरमा छ ।

विसं २०५० मा राजदरबार सम्पत्ति व्यवस्था विभागले प्लाजालाई २७ वर्षका लागि कम्पनीलाई भाडामा दिन सम्झौता गरेको थियो । नेपालमा अन्तरिम संविधान लागू भएसँगै विसं २०६४ मा नेपाल ट्रस्टको कार्यालय स्थापना भएर विभागअन्तर्गत सम्पत्ति ट्रस्टमा गएको थियो । त्यसैका आधारमा काठमाडौँ प्लाजाको सम्पत्ति २०६५ नै ट्रस्टअन्तर्गत भएको थियो ।

ट्रस्टले पनि सोही अवधिसम्म विसं २०७७ असारका लागि सम्झौतालाई निरन्तरता दिएको ट्रस्टका प्रवक्ता तुलसी गौतमले बताउनुभयो । उहाँका अनुसार विभागको सम्झौता ट्रस्टले त्यतिबेला नविकरण गरेको थियो । सो अवधि गत असार २ गतेसम्म रहेको थियो । ट्रस्टले कम्पनीलाई गत वर्ष नै अवधि पुग्यो नयाँ मूल्य कति दिन सक्छौँ भनेर सूचना जारी गरेको प्रवक्ता गौतमले बताए । सो कम्पनीले पुरानो दरमा नै गर्न माग गरेको थियो ।

उपप्रधानमन्त्री तथा तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षताको सञ्चालक समितिले पुरानो मूल्यमा दिन नसकिने भन्दै पुन नयाँ मूल्यका बारेमा सोच्न कम्पनीलाई भनेको ट्रस्टले जनाएको छ । उनले भने, “कम्पनीले नयाँ भाडादरमा नजाने भनेपछि नै उसलाई खाली गर्न भनिएको थियो ।”

गत आवमा नै महानगरपालिकाले आफ्नो कार्यालयका लागि प्लाजाको भवन भाडामा लिन ट्रस्टको कार्यालयमा प्रस्तव गरेको थियो । महानगरपालिकाले मासिक रु ६० लाख ५० हजार भाडादर दिने गरी प्रस्ताव गरेको प्रवक्ता गौतमले बताए । मन्त्रिपरिषद्ले २०७५ असार २ गते १० वर्षका लागि प्लाजा महानगरलाई भाडामा दिने निर्णय गरेको थियो । उहाँले भन्नुभयो, “विज्ञले पनि सो भाडादर सही छ भन्ने धारणा राखेका थिए ।”

सम्झौता अवधि सकिँदासम्म पनि भवन खाली नभएपछि ट्रस्टले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको थियो । त्यसपछि नेपाल टेलिभिजन र कार्यालयमा पत्राचार गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । महानगरपालिकाको वडा कार्यालय, प्रहरीलगायत उपस्थितिमा चैतको ३१ गते माइकिङ गरिएको थियो । पटक पटक ताकेता गरिएपछि भवन खाली गरिएको उनले बताए । त्यहाँ रहेका अधिकांश पसल अहिले हटिसकेका छन् ।

केही बैङ्कका मुख्य कार्यालय र शाखा कार्यालय र बीमा कम्पनीको कार्यालय रहेकामा त्यो हटाउन बाँकी रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार नेपाल राष्ट्र बैङ्कले बैंकिङ संस्था तत्काल खाली गर्न नसकिने भएकाले केही समय दिन भनेको थियो । उनले भने, “कतिपय सरकारी कार्यालय रहेको र तीनलाई सर्न केही समय लाग्ने भएकाले उनीहरू सर्दै छन् ।”

प्लाजामा रहेका पसल खाली गराइरहँदा कम्पनी अदालत गएको थियो । कम्पनीले गत असारमा नै सम्झौताको अवधि सकिएको र ट्रस्टले भवन खाली गर्न भनिरहेकाले असार यताको भाडा तिर्न नसकिने बताउँदै आएको प्रवक्ता गौतमले बताए । ट्रस्टले भने चैत मसान्तसम्म नै प्लाजा खाली नभएकाले पूरै अवधिको भाडा दिनुपर्ने बताएको छ ।

महानगरपालिकाभित्रका घरबाट बहाल कर उठाउँदै आएको काठमाडौँ महानगर आफैँ भने बहालको घरमा बस्दै आएको छ । कामपाको मुख्य कार्यालयलगायत केही कार्यालय भाडामा र केही कार्यालय जिल्लास्तरीय विषयगत कार्यालयमा रहेका छन् । पहिले महानगरपालिकाको कार्यालय रहेको बागदरबार विसं २०७२ को भूकम्पका कारण भत्किएसँगै अहिले कामपा विभिन्न ठाउँमा छरिएको छ । महानगरपालिकाको आफ्नै भवन नहुँदा महाशाखा छरिएको र यसले गर्दा महानगरवासीलाई सेवा लिन गाह्रो भएको थियो । प्लाजाको भवनमा महानगरको कार्यालय सर्दा महानगरसँगै महानगरवासीलाई सजिलो हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : ०२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको