४ आश्विन २०८३, आइतबार | September 20, 2026

डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु



डोटी । डोटीमा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका-१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताए ।

प्रहरी नायब उपरीक्षक मल्लले भने, “निज युवकको दाजुको गएको शनिबार भारतमा कोरोनाले मृत्यु भएको र उनको घर आएपछि मृत्यु भएपछि कोरोनाले मृत्यु भएको भन्ने आशङ्का गरिएको छ ।”

जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले मृत्यु भएका व्यक्तिको कोरोना जाँच नगरिएको र भारतबाट घर आएर होम आइसोलेशनमा बसेका बेला मृत्यु भएको भन्ने खबर आएको बताए । उनले भने, “भारतबाट आएर बिरामी हुँदा निज स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुभएन, मृत्यु भएपछि कोरोना जाँच नगर्नू भन्ने सरकारी निर्देशनअनुसार उहाँको स्वाब टेष्ट गरेनौँ ।”

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कोरोनाका कारण मृत्यु भएका भनिएका युवकको सम्पर्कमा आएका व्यक्ति तथा उनको घर परिवारका सदस्यको स्वाब जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको बताए । उनले भने, “मर्ने व्यक्ति त मरिसके, उनको सम्पर्कमा आएका र घर परिवारको स्वाब टेष्ट गर्न भनेको छु, स्वाब टेष्टपछि मृत्युको सबै कारण खुल्ने छ ।”

सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मङ्गलबार राति आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । जिल्लामा क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक सीधै गाउँ जान थालेकाले समस्या हुने गरेको बताइएको छ ।

जिल्लामा कोरोनासम्बन्धी कुनै जाँच नभएका कारण र भारतबाट आएका नागरिक सीधै घर आउने गरेका कारण गाउँमा त्रास फैलिएको केआइसिंह गाउँपालिकाका तीर्थराज जोशीले जानकारी दिए। रासस

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : २६ बजे

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली