७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतको एक अस्पतालमा एक्कासी अक्सिजन बन्द हुँदा २२ बिरामीको एकसाथ मृत्यु



एजेन्सी । भारतको महाराष्ट्रमा भयानक र दर्दनाहक घटना घटेको छ । महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अचानक अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटररमा रहेका २२ बिरामीहरु छट्पटिएर प्राण त्याग्न बाध्य भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा चलिरहेको अक्सिजन पाईपलाईमा एक्कासि अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटरमा रहेका २२ जना बिरामीको मृत्यु भएको छ ।

अस्पतालको अक्सिजन भण्डारण गर्ने ट्यांकरमा अक्सिजन चुहावट भएपछि आपूर्ति बन्द भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतिय सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘जब आपूर्ति बन्द भयो तब भेन्टिलेटरमा रहेका २२ जना बिरामीले अक्सिजन पाउन सकेनन् र तड्पीतड्पी मरेका हुन्।’ भेन्टिलेटरमा २३ बिरामी रहेको र एकजनाको भने ज्यान बचाउन सफल भएको समाचारमा उल्लेख गएिको छ ।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले टैंकरको भल्वमा समस्या आएका कारण दुर्घटना भएको जानकारी दिएको भारतिय अखबार अमर उजालाको अनलाईन संस्करणले लेखेको छ ।

अस्पतालमा झन्डै आधा घण्टासम्म अक्सिजन आपूर्ति बन्द भएको थियो। जसका कारण अक्सिजन नपाएर बिरामीको मृत्यु भएको हो।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई