७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भारतको एक अस्पतालमा एक्कासी अक्सिजन बन्द हुँदा २२ बिरामीको एकसाथ मृत्यु



एजेन्सी । भारतको महाराष्ट्रमा भयानक र दर्दनाहक घटना घटेको छ । महाराष्ट्र राज्यस्थित एक अस्पतालमा बुधबार अचानक अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटररमा रहेका २२ बिरामीहरु छट्पटिएर प्राण त्याग्न बाध्य भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा चलिरहेको अक्सिजन पाईपलाईमा एक्कासि अक्सिजन आपूर्ति बन्द हुँदा भेन्टिलेटरमा रहेका २२ जना बिरामीको मृत्यु भएको छ ।

अस्पतालको अक्सिजन भण्डारण गर्ने ट्यांकरमा अक्सिजन चुहावट भएपछि आपूर्ति बन्द भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतिय सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘जब आपूर्ति बन्द भयो तब भेन्टिलेटरमा रहेका २२ जना बिरामीले अक्सिजन पाउन सकेनन् र तड्पीतड्पी मरेका हुन्।’ भेन्टिलेटरमा २३ बिरामी रहेको र एकजनाको भने ज्यान बचाउन सफल भएको समाचारमा उल्लेख गएिको छ ।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले टैंकरको भल्वमा समस्या आएका कारण दुर्घटना भएको जानकारी दिएको भारतिय अखबार अमर उजालाको अनलाईन संस्करणले लेखेको छ ।

अस्पतालमा झन्डै आधा घण्टासम्म अक्सिजन आपूर्ति बन्द भएको थियो। जसका कारण अक्सिजन नपाएर बिरामीको मृत्यु भएको हो।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ४६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल