१ पुस २०८२, मंगलबार | December 16, 2025

सम्वादहीनता तोड्दै ओली-नेपाल भेटवार्ता, भेटवार्ताका विषयमा प्रतिक्रिया दिन दुवै नेताद्वारा अस्वीकार



काठमाडौं । लामो समय सम्वादहीनताका साथ अगाडि बढेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज एक्कासी भेटवार्ता भएको छ ।

काठमाडौंको नागपोखरीस्थित मेरियट होटलमा भएको अध्यक्ष ओली नेपालबीच केहीबेरअघि भेटवार्ता सकिएको छ ।

करिव २ घण्टा भएको भेटवार्तामा भएको छलफलको बिषय दुबै पक्षले सार्वजानिक गरेका छैनन् । पौने ७ बजे दुबै नेताहरु होटलबाट बाहिरिएका थिए । प्रतिक्रिया लिन होटल बाहिर पर्खिरहेका सञ्चारकर्मीहरुलाई उनीहरुले कुनै प्रतिक्रिया नदिई हिंडेका थिए ।

भेटमा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगड पनि सहभागी थिए ।

होटलबाट बाहिरिँदा दुबै नेता खुसीको मुद्रामा बाहिरिएकाले भेटवार्ता सकारात्मक भएको दुगडले बताए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ०९ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा