४ आश्विन २०८३, आइतबार | September 20, 2026

वैशाखमा हुम्लामा हिमपात हुँदा स्थानीय अचम्मित



हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा स्थानीय सर्वसाधारण अचम्मित भएका छन् ।

पुस, माघ र फागुन ३ महिना मात्रै हिमपात देखेका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ ।

आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट-२ का गोकुल बोहराले बताए । बुधवार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ ।

विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ ।

सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् ।

उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा २ फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधवार दिउँसो १ बजेदेखि शुरू भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् ।

नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा २ फिटभन्दा बढी हिमपात भएको स्थानीय सोनाम लामाले बताए ।

विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए । मंगलवार ४ हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधवारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ । रासस

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : ४५ बजे

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली