१८ श्रावण २०८३, सोमबार | August 3, 2026

छुटाछुट्टै घटनामा दुई बालकको मृत्यु



झापा । झापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ ।

बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछापोखरीमा साँझ ५ः३० बजेतिर पौडी खेल्ने क्रममा स्थानीयवासी हरिप्रसाद पौडेलका १३ वर्षीय छोरा नितेश पौडेलको ज्यान गएको हो ।

स्थानीयवासी धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन चौहानसँगै नितेश स्कुलबाट फर्किने क्रममा माछापोखरीमा पौडी खेल्न गएका थिए ।

पोखरीमा पसेका सुजनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल पुर्याएका थिए भने नितेश डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर पोखरीको पानी सुकाई खोजतलास गर्ने क्रममा साँझ ७ बजे पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

यसैगरी कमलगाउँपालिका-५ सीतापुरीका राम राईका आठ वर्षीय छोरा योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

बिहीबार बुवासँग सोही स्थानमा रहेको रतुवामाई वृक्षरोपणको नर्सरीमा दाउरा टिप्न गएका अवस्थामा हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा घाइते भएका योजलको उपचारका लागि दमक अस्पताल दमकमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रासस

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : ५३ बजे

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।