एशियाको पानीको भण्डार – छिङहाई तिब्बत पठारमा जलवायु परिवर्तनको प्रभाव

याङ योङ्ग
१० बैशाख २०७८, शुक्रबार

यतिबेला विश्वाका नेताहरु जलवायु परिवर्तनको बारेमा छलफलमा केन्द्रित छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनदिनै बढ्दै गएको छ । हिमाल पग्लिँदै गएको छ । पृथ्वीका कैयौं क्षेत्र सुख्खाग्रस्त बन्दै गएका छन् । नेपाल जस्ता कम विकसित देशहरु जलवायु परिवर्तनको प्रभावबाट संकटग्रस्त बन्ने चिन्ता छ । पृथ्वी तात्दै जाँदा पानीको स्रोत घट्दै गएको छ । पानी बिनाको जीवनको परिकल्पना गर्न समेत सकिँदैन । विश्वकै छानो मानिने छिङहाई तिब्बत एशियाको पानी भण्डार हो । जलवायु परिवर्तनको प्रभाव यस क्षेत्रमा समेत परेको छ । जलवायु परिवर्तनले एशियाको पानी भण्डारलाई पारेको प्रभावबारे चीनको हङतुआन् माउन्टेन अध्ययन केन्द्रका अनुसन्धानकर्ता याङ योङ्गको यो अनुसन्धानमुलक लेख भर्खरै मात्र पृथ्वी दिवस मनाइएको  अवसरमा सान्दर्भिक देखिएको छ ।

 

विश्वमा जलवायु परिवर्तको प्रभाव टड्कारो रुपमा देखापरेको छ । यसको ज्वलन्त उदाहरण छिङहाई तिब्बत पठारमा आएको विशिष्ट प्रकारको प्रभाव पनि एक हो । सन १९९८ ओक्टोबरमा वैज्ञानिक अनुसन्धानको लागि हाम्रो समुह जलयात्रा गर्दै यार्लुङजाम्बु नदीको मुहान तिब्बत स्वशासित क्षेत्रको जोङपा जिल्लामा रहेको जेमायाङजोङ हिमनदीदेखि शुरु गरेर १६०० कि.मि.सम्म मिलिन् जिल्लाको पाइनामक सहरमा हामीहरु पुग्यौं । त्यसपछि ३५ दिनको पैदल यात्राबाट यार्लुङजाम्बु नहर पार गरेका थियौं, जसको नेतृत्व मैले गरेको थिएँ । सन २०१०मा, मैले फेरि – एशियाको पानी भण्डार—छिङहाई तिब्बत पठारमा अन्तरराष्ट्रिय नदी अनुसन्धान नामक चुनौतीपूर्ण योजना सुरु गरेँ । अनि ६ महिनाको समयमा पैदल यात्राबाट छिङहाई तिब्बत पठारमा रहेको मुख्य अन्तरराष्ट्रिय नदीको अध्ययन गरेको थिएं । यस अगाडिको २० वर्षभित्र मैले छिङहाई तिब्बत पठारमा रहेकोे धेरैजसो नदीको अनुसन्धान पूरा गरेको थिएं । यस चोटी हामीहरुले छिङहाई तिब्बत पठारको मुहान रहेको एशियाका ठूला नदीहरुलाई एक एक पाइला गरेर प्रणालीपूर्ण तरिकाले सम्पूर्ण अनुसन्धान र अध्ययन ग-यौं ।

अनुसन्धानको शिलशिलामा नदी संरक्षणको कार्ययोजनासम्बन्धी नीति अपनाएर छिङहाई तिब्बत पठारको पानीको स्रोत र वातावरणको संरक्षणमा ठूलो हित गरेको महसुस गरेको थिएँ र सरकारले सफा ऊर्जा सम्बन्धी नीति अपनाएको तथा कोइला हटाउने कोशिस गरेको देखेको थिएँ । तर केही सत्यको आधार नभएको आलोचनाले साँच्चिकै चोट पुग्दोरहेछ । जस्तो छिङहाई तिब्बत पठारमा गराइएको कृत्रिम वर्षा ।

वैज्ञानिक दृष्टिबाट कुरा गर्दा अहिले अमेरिका र अष्ट्रेलिया आदि देशहरुमा यो प्रविधिको कार्यान्वयनले एकदम ठूलो उपलब्धि हासिल गरिरहेको छ र यसको वैज्ञानिक तथ्य पुष्टि पनि भइसक्यो । तर केहि मानिसहरु अहिलेसम्म पनि कृत्रिम वर्षा भनेको बादलको सतहमा चिसो हावा खसाल्ने हो भन्ठान्छन् । कृत्रिम वर्षासम्बन्धी सबभन्दा महत्वपूर्ण तथ्य के हो भने चीनको तिब्बत स्वशाशित क्षेत्रमा गरिएको परीक्षण पर्यावरणको दृष्टिले अत्यन्त कम हानिकारक छ, किनकि तिब्बत क्षेत्रमा जनसंख्या कम भएको र प्राकृतिक श्रोत स्थानीय जनताहरुको जीवनको आवश्यकता पुरा गर्न सक्षम रहेको र यो क्षेत्रमा ठूलो परिमाणमा कृत्रिम वर्षा गर्ने आवश्यकता नभएको हुँदा चीनले सानो परिमाणमा परीक्षण गरेपनि खासै असर पर्दैन । अझै केही मानिसहरुको विचारमा चीनले भारतसँग पिउने पानीको प्रतियोगिताको लागि यसरी गरेको छ भन्ने रहेको छ । जो सत्यता भन्दा निकै टाढा छ ।

त्यस्ता खालका हल्ला र अफवाह मैले दक्षिण एशियाली देशहरुका गैरसरकारी संस्थाले आयोजना गरेको अन्तरराष्ट्रिय नदीको गोष्ठीमा धेरै पटक सुनिरहेको छु । धेरै जसो सहभागीहरुले यस्तो महसुस गरेका छन् कि वास्तवमा त्यस्ता देशका पत्रकार छिमेकी देशहरुको बारेमा बुझ्दै नबुझी जानकारी दिने काम गर्दछन् जो आश्चर्यजनक छ । वैचारिक आदान–प्रदानको अभाव र राजनीतिक अविश्वास बढी भएको वातावरणमा टिकाटिप्पणी र सामान्यतया गलत सूचना राजनीतिलाई कलंकित पार्ने मनसायले गरिन्छ । यस्तो गलत सुचना प्रवाह गरिरहेका पत्रकारले अविश्वासको वातावरणलाई अझ धमिलोे तुल्याइदिन भूमिका खेलिरहन्छन् र यसलाई राष्ट्रिय झगडाको हदसम्म पु-याइदिन्छन् ।

नदी र ग्लेसियर अध्ययनका लागि याङ योङ्गको भ्रमण रुट

लामो समयदेखि नै जलवायु परिवर्तकोे विषयमा वादविवाद भइरहेको परिप्रेक्षमा वैज्ञानिक विशलेषण फरक हुनु स्वभाविक हो तर आपतिजनक कुरा के हो भने जलवायु परिवर्तको विरुद्घ चाल्ने कदमको वार्तामा बलियो वैज्ञानिक आधार नभएको तर्क अघि सारिरहेको र आफ्नो हितको लागि मात्र सम्बोधन गरिरहेको देखिन्छ । यसरी कुतर्क गर्दै जाने हो भने हामी मानवहरु विकासको बाटोमा आफै हराउँछौँ । वैज्ञानिकहरुको विचारमा छिङहाई तिब्बत पठार भु–विज्ञानको अग्रपङक्तिमा पर्छ र धेरै मुख्य र महत्वपूर्ण समस्या हल गर्दछ । समस्या समाधानपूर्व जलवायु परिवर्तन विरूद्ध कदम नचाल्ने हो भने अझै हामीहरु प्राकृतिक प्रकोपको मारमा पर्ने सम्भावना रहन्छ ।

वैज्ञानिक दृष्टिकोणबाट हेर्दाखेरी भू–परिवर्तनको इतिहास भनेको असन्तुलित चिसोपन र तातोपनको आपसमा भएको घर्षणबाट विकसित भएको हो । हिमालय पर्वतको प्रतिकको रुपमा रहेको तेस्रो ध्रुव अर्थात छिङहाई तिब्बत पठार जलवायुको परिवर्तनप्रति एकदमै संवेदनशील छ । २० हजार वर्ष अघिदेखि अहिलेसम्म अन्तिम हिमनदीको सतहमा छोपिएको यसको क्षेत्रफल ३०% बाट ११% कम भइसक्यो । समुद्रको सतह १३० मिटर माथि पुगिसक्यो । चीनको मुख्य भाग समुद्रको किनार रेखादेखि लगभग ६०० कि.मि. पछि हटिसक्यो । लगभग १० हजार वर्षदेखि अरष भित्री हिमनदी अवधिमा प्रवेश भइरहेको अनि ध्रुवीय क्षेत्रको आइस सिट र अरु क्षेत्रको हिमनदी तिब्र गतिले पग्लिएर समुद्रको सतह माथि बढदै आइरहेको छ । लगभग ६ हजार वर्ष अगाडि, विश्वको औषत तापक्रम अहिलेको भन्दा २–३ डिग्रि सेन्टिग्रेड उच्च भएको थियो, समुद्रको सतह अहिलेको भन्दा १–३ मिटर उच्च भएको थियो । त्यो अवस्था अहिलेको मानिसको लागि सबैभन्दा तातो युग हो । १५–१९औं शताब्दीमा अरषले चिसो अवधिमा प्रवेश गर्यो अनि भौगोलिक विज्ञानिकहरुले यस अवधिलाई लिटल आइस ऐजको नामाकरण दिए । यस अवधिभित्र हिमनदी ठूलो मात्रामा बढदै गयो । अहिले विश्वभरको तातोपनले यस्तो संकेत गरेको छ कि हामी मानवहरु आउँदो तातो युगको संघारमा पुग्न लाग्यौे कि ?

छिङहाई तिब्बत पठारमा रहेका धेरैजसो नदीहरु बरफको थुप्रो पग्लिएर बनेको नदी हुन् । चीनको याङत्से नदी र यल्लो नदीको मूल यसमा पर्छ । दक्षिण एशिया र दक्षिण पूर्व एशियाको गंगा नदी, ब्रह्मपुत्र नदी, मेकोङ नदी, सार्वन नदी, इलोवाडी नदीको स्रोत यही हो । चीनको उत्तर–पश्चिम भागमा परेको टालिमु नदी र छाइङामु नदी, पश्चिम एशिया शिर नदी र इलि नदीको स्रोत पनि यही नै हो । यी सबै नदीहरु अरबौं जनताको जीवनको आधारको अनि हाम्रो मातृ नदी नै हो ।

विश्वभरमा जलवायुको परिवर्तनको कारण भनेको हिमनदी तीब्र गतिले पग्लिएको घटनाक्रम अनि त्यसबाट सृजित प्राकृतिक प्रकोप र पानी स्रोत संकट हो । वैज्ञानिक अध्ययनले यो पनि पुष्टि गरेको छ कि अरषको उत्तर र दक्षिण ध्रुवीय भागमा हिमनदी पग्लिएर समुद्रको सतहको उचाई माथि बढ्दै आएकोले द्वीपमा परेका र सामुद्रिक देशहरुको सुरक्षामाथि खतरा उत्पन्न भएको छ । यसबाहेक विश्वको तेस्रो ध्रुव भनिने छिङ्हाई तिब्बत पठारमा भएको जलवायुको परिवर्तनको प्रक्रिया पनि छर्लङ्ग छ । त्यसको प्रभाव तापक्रम बढने, हिँउ कम पर्ने, हिँउ रेखाको उचाई माथि पुग्ने, हिमनदी पग्लिने, नदीको संख्या घट्ने, मरुभुमिकरण हुने अनि प्राकृतिक प्रकोपजन्य मौसम सधैं आउने र हिमनदीबाट उत्पन्न भएको नदीको क्षेत्रमा बाढी पहिरो सधैं भइरहने छ । ५५०० मिटर माथिको उचाइमा महसुस गरिरहेको तातोपनले चिन्ताजनक अवस्था सिर्जना भएको छ ।

आजकल, छिङ्हाई तिब्बत पठार वरपरिमा हिपनदी भाँच्चिने घटना भइरहेको छ । सन २०२१ फेब्रुअरी ७ तारिखमा भारतको उत्तराखण्ड प्रदेश माहिम स्खलन भयोे अनि आलगनेन्ड नदीमा खसेपछि नदीको बाँध पनि बिथोलियो र ठूलो बाढीको प्रकोप ल्यायो । भारतले प्राकृतिक प्रकोपको अग्रिम चेतावनी दिने क्षेत्रमा अझै ठूलो प्रगति गर्न बाँकी छ तर विश्वभरको तातोपन नै यो प्रकोपको कारण हो भन्ने बुझ्नुपर्दछ ।

छिङहाई तिब्बत पठारमा जलवायुको परिवर्तन हुने र हिमनदी पग्लिने मुख्य कारण के हो ? केही वर्षयता भएका अध्ययनका विज्ञहरुको विचारमा सूर्य प्रणलीको गतिविधिको त्चबअप चौथो आइस एजदेखि निस्केपछि पहिले भन्दा बढी उर्जा भएको स्थानमा प्रवेश गरेको हुनाले तापक्रम माथि पुगेको हो । तर मेरो विचारमा हामी मानवले ठूलो मात्रामा ग्रिन हाउसबाट ग्यास निकालेर त्यो ग्यास हावासंग छिङहाई तिब्बत पठारमा पुगेर त्यहाँको वायु तताएकोले एलटिट्युट ५०००–६००० मिटरको उचाइमा तातोपन भइरहेको हो । त्यसैकारण, बिनाकारण कुनै देशलाई आलोचना गर्नुको सट्टा साझा सामना गरेर जिम्मेवारी बाडफाड गर्नु छिङहाई तिब्बत पठार अनि विश्वभरको तातोपनको समाधान गर्नको लागि बेश होला ।

 

पानीको स्रोत माथिको प्रतिष्पर्धा तथा युद्ध निकट भविष्यमा सुरु हुने कुरा अमेरिकी उपराष्ट्रपति कमला हारिसले औंल्याएकी छन् । मेरो विचारमा, पानीको स्रोतको समस्या होस् वा विश्वको तातोपनले छिङहाई तिब्बत पठारमाथि पारेको प्रभाव होस् कुनै देशको एक पक्षीय प्रयत्नले सम्भव हुदैन । यो अल्पकालीन कदम मात्र हो । हुन त पर्यावरणको संरक्षण वैज्ञानिक मुद्दा मात्र होइन यसमा बढी राजनीतिक चलखेल र प्रतिस्पर्धाले यो समस्या झन् जटिल बनेको छ । विश्वभरको सहयोग विशेष गरी चीन र दक्षिण एशियाका देशहरुसँग मिलेर छिङहाई तिब्बत पठारमाथि वैज्ञानिक अनुसन्धान र जलवायुको प्रकोपप्रति अग्रिम सुचना प्रणली आदि क्षेत्रमा सबैको हितको लागि सहकार्य गरेर तातोपनले तुल्याइदिएको प्रकोपको निगरानी गर्न सके जनधनको नोक्सानबाट जोगाउन सकिन्छ । अनि महत्वपूर्ण कुरा के हो भने यस्तो सहकार्यबाट जलवायु नियन्त्रणको गतिविधि शुरु गर्ने र अन्तरराष्ट्रिय समाजमा जलवायु समस्या व्यवस्थापन गर्नको लागि एउटा प्रभावकारी तरिका स्थापना गर्न सकिन्छ ।

अन्तरराष्ट्रिय गोष्ठिमा मैले धेरै पटक सम्झाएको छु कि जलवायु परिवर्तनले छिङहाई तिब्बत पठार तथा यार्लुङजाम्बु नदीमा परेको असरले पर्यावरणीय समस्या जन्माएको छ । संसारको सबै देशहरु खास गरी यो क्षेत्रका मुख्य देशहरु मिलेर यो समस्या समाधान गर्नुपर्छ । भारतीय गैरसरकारी संस्थाको वैज्ञानिक भाषा ज दासले यो चेतावनी दिदै भारतीय सरकारले पनि सतर्कता अपनाउनुपर्छ भन्ने कुरा औंल्याएका छन् । भारतीय सरकारले यार्लुङजाम्बु नदीको मुल धारा र मुख्य शाखा नदी क्षेत्रमा ७० भन्दा बढी परियोजना बनाउने योजना बनाएको छ । यी साझा चुनौतीप्रति चीन र भारत दुवै मिलेर सहकार्य गर्न म आह्वान गर्न चाहन्छु । सन् २००० जुनमा यार्लुङजाम्बु नदीको माथिल्लो भागबाट परेको बाढीको बारेमा उल्लेख गर्दै दासले यदि चीन र भारत दुवै देशका पत्रकारले यसको विषयमा बढी समाचार प्रकासित गरेको भए धेरैजसो क्षतिबाट जोगाउन सकिने थियो । उहाँले चीन र भारत बीच दुवै पक्षीय सहमति हस्ताक्षर गर्ने, जलको निगरानी तथ्यांक आदानप्रदान गर्ने, सरकार र जनता दुवै तहमा बाढीको अग्रिम सुचना प्रवाहको सहयोग बढाउन आह्वान गर्नु भएको छ । छिङहाइ तिब्बत पठारमा आएको जलवायुको परिवर्तन र सिमावर्ती नदीको विषयमा चीन र भारत दुवैको हित जोडिएको छ । यसलाई दुबै देशका समुदायको हितमा भविष्यको उपयोगिताको लागि प्रयत्न गर्नुपर्ने देखिन्छ ।

– याङ योङ्ग हङतुआन् माउन्टेन अध्ययन केन्द्रका अनुसन्धानकर्ता हुन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*