११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग



बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा बढाउन सरकारसंग माग गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार भएको परिषद सभामा बस्तुगत समितिका सभापति तथा प्रतिनीधिहरुले उद्योग–व्यवसायमा लाग्ने अत्यधिक करको भारले उद्योगी–व्यवसायी थिचिएको बताउँदै त्यसबाट उठ्नका लागि करको दर घटाउन र दायरा बढाउन आग्रह गरेका हुन् ।

त्यस्तै उनीहरुले अधिकतम खुद्रा मुल्य (एमआरपी), भिसिटिएस जस्ता कुराहरुलाई सरल र व्यवहारिक बनाउन पनि सुझाव दिएका छन् । सरकारले राजश्व अनुसन्धान हटाएर एमआरपी थोपरेको उनीहरुले गुनासो गरे ।

उनीहरुले उद्योग स्थापना गर्न दिने र पछि जनघनत्व बढेपछि स्थानीयले बिरोध गर्ने विस्थापित हुने समस्या समाधानका लागि औद्योगिक क्षेत्र निर्माण गर्न जोडदार माग गरे । पश्चिम नेपालको पुरानो र ऐतिहासिक बुटवल बजारमा खस्किँदो व्यापारलाई उठाउन पहल गर्न पनि संघलाई आग्रह गरे । व्यवसायी र घरधनी स्वयम् जिम्मेवार रहेको हुँदा संघले त्यसमा पुलको भूमिका खेल्न आग्रह गरे ।

त्यसैगरी अस्पताल र क्लिनिक दर्ता गर्न विभेद भएको भन्दै अस्पताल दर्ता हुने स्थानीय तहमा क्लिनिक पनि दर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । त्यस्तै औषधिजन्य सर्जिकल आईटममा भ्याट छुट गर्न व्यवसायीहरु सरकारसंग माग गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्योगी–व्यवसायीहरुले उठान गरेका समस्या समाधानका लागि महासंघले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष बैद्यले महासंघले बजेट अगावै सरकारसंग औपचारिक रुपमा भेटघाट तथा छलफल गरेर आगामी बजेटका बारेमा महासंघको प्रष्ट कुरा राख्ने पनि जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी व्यवसायीका भन्सारसंग जोडिएको समस्या धेरै रहेको बताउँदै नीतिगत तहमा पहल र पैरवी गर्न महासंघलाई आग्रह गरे । त्यस्तै प्रदेश तहका समस्या समाधानका लागि प्रदेश सरकारसंग पहल गरिने उद्योगी व्यवसायीसंग प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य हरिप्रसाद अर्यालले उद्योगी व्यवसायीका लागि अधिकतम खुद्रा मुल्यमा सरकारको नीतिले धेरै समस्या भएको बताउँदै यो समस्या समाधानका लागि महासंघले जिम्मेवार भएर काम गर्ने बताए । उनले बुटवलका हकमा पार्किङ समस्या समाधानका लागि प्रयासहरु भईरहेको बताउँदै त्यसले केही भएपनि सहजता प्रदान गरेको बताए । यसको दीर्घकालिन समाधानका लागि पनि प्रयास भईरहेको जानकारी गराए । मुख्य बजारको चहलपहल बढाउने विषयमा व्यवसायी र घरधनी समेत मुख्य जिम्मेवार भएकाले त्यसतर्फ सोंच्न आग्रह गरे । त्यसका लागि संघले समन्वय गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारीले संघले गरेका काम र भईरहेका प्रयासहरुको जानकारी सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा महासंघका कार्यकारिणी समिति सदस्य केशव भण्डारी, संघका पूर्वअध्यक्ष शंकरप्रसाद श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई लगायतले भनाई राखेका थिए ।

कार्यक्रममा महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनलाई संघका अध्यक्ष अर्याल सहित पूर्वअध्यक्षहरुले सम्मान गरेका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ४ : २४ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा