१५ भदौ २०८३, सोमबार | September 1, 2026

ओली-वामदेवबीच डिनर मिटिङमै मतभेद, कुरा नमिलेपछि साथ नदिने भन्दै उठेर हिँडे वामदेव



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमसँग बिहीबार राति गरेको डिनर मिटिङमा कुरा नमिलेको तथ्य बाहिर आएको छ ।

माधव झलनाथ पक्षसँग चरम अन्तसंघर्षमा रहेका ओलीसँग डिनर मिटिङ गर्न गौतम वालुवाटार पुगेका थिए । दुवै नेताले सँगसँगै डिनर मिटिङ पनि गरे । पार्टीलाई कसरी अगाडि बढाउने विषयमा कुरा नमिलेपछि गौतम डिनर नसकिँदै उठेर हिँडेका छन् । यसअघि एमालेकै मुख्यसचेतक विशाल भट्टराईले बिहीबार राति नै ओली र गौतमको डिनरको फोटो सार्वजनिक गरेका थिए । उक्त भेटवार्तामा गौतमले ओलीसँग धेरै पहिलेदेखि आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेका थिए।

तर, गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले शुक्रबार बिहान गौतमको तर्फबाट संक्षिप्त नोट जारी गर्दै डिनर मिटिङमा कुनै उपलब्धी नभएको जनाएका छन् । गौतमले ओलीसँग फागुन २८ को निर्णय फिर्ता लिन आग्रह गरेको बताएका छन् । ओलीले ति निर्णय फिर्ता नहुने बताएपछि गौतमले पनि अब आफु आउन नसक्ने भनेर जवाफ दिएका थिए ।

गौतमको तर्फबाट सुवेदीले जारी गरेको नोटमा भनिएको छ, ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ ।’

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो र बुधरबा साँझ अर्का नेता माधवकुमार नेपालसँग म्यारियट होटलमा छलफल गरेका थिए ।

ओलीले नेपालसहित २७ जना सांसद विरुद्ध कारावाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेका छन् । स्प्ष्टीकरणको नेपालसहित पाँच जनाले जवाफ समेत दिइसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : २० बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,