११ बैशाख २०८१, मंगलबार | April 23, 2024

मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



कैलाली । कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेका छन ।

मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो ।

दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म८प नम्बरको ३९८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रावत घाइते भएका थिए ।

ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : ०३ बजे

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी हुँदै

काठमाडौं । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको

देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा सभामुखको जोड

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त

ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

काठमाडौं। ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी

रासस र ‘कतार न्यूज एजेन्सी’बीच र समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं । नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार

कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफै विमानस्थल जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम