४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओलीको दम्भ र अहंकार धरहरा भन्दा अग्लो : माधव नेपाल



जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीको दम्भ र अहंकारले लोकतन्त्र र संघीयता धरापमा परेको आरोप लगाएका छन् ।

शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले ओलीको व्यक्तिवाद, गुटवाद, मनपरीतन्त्र, अहंकार र निरंकुश प्रवृत्तिले देश संकटमा परेको आरोप लगाएका हुन् ।

काठमाडौंमा बुधबार र बिहीबार ओलीले आफुसँग भेट गरेको बताउँदै नेपालले ओलीले सत्ता टिकाउनका लागि अनुनयविनय गरेको टिप्पणी समेत गरे । नेपालले ओली पार्टी एकताका लागि एकरत्ति पनि चिन्तित नभएको आरोप लगाए । बुधबार भएको भेटबाट थोरै आशा जागे पनि बिहीबार आफ्नो निर्णय नमाने पार्टी छोड्न धम्कीको शैली देखाएको उनले बताए । ओलीको दम्भ धरहराभन्दा पनि अग्लो भएको उनले टिप्पणी गरे ।

नेता नेपालले आफुले ओलीलाई सुध्रिन आग्रह गरेको बताए । उनले भने, ‘तर बालुवा पेलेर तेल निस्किँदैन भनेजस्तै ओलीलाई जति गरे पनि सुध्रिने देखिँदैन । त्यसकारण पार्टी, समाज, लोकतन्त्र, संघीयता, गणन्त्रलाई बचाउन राष्ट्रिय अभियानमा जुटेका छौँ ।’
एमालेमा आफुहरुको ६० प्रतिशत बहुमत भएपनि केही साथीहरुलाई कारवाही गरेर ओलीले पार्टी विधान, विचार र कम्युनिष्ट आन्दोलनको बर्खिलाप गरेको नेपालले आरोप लगाए । उनले आफुहरु ओलीको यातना, दम्भ, अहंकारले पीडामा रहेका नेता तथा कार्यकर्ताहरूलाई सँगै लिएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : २१ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा