२ भदौ २०८३, मंगलबार | August 18, 2026

एमाले अध्यक्ष ओलीको टिप्पणी – माधव नेपाल कुहिएर झरेका पात



बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट केही व्यक्तिहरु पात कुहिएर झरेझै झरेको बताएका छन् ।

एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नफुटेको दाबी गर्दै दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको र उनीहरु कुहिएर झरेका पात भएको टिप्पणी गरे । कुहिएको पातले केही लछारपाटो नलाग्ने ओलीले बताए ।

‘पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । यिनीहरुले कुनै प्रभाव पार्न सक्दैनन् ।’ ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको दाबी गरे ।

अर्को पार्टीले निस्काशन गरेका व्यक्तिहरुको सनाखत लिएर नयाँ दल दर्ता गर्नु ज्यादती भएको ओलीले बताए । यस कार्य विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको बताउँदै ओलीले भने, ‘अदालतले फैसला गर्‍यो भने त यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि चर्को आलोचना गरे । पाँच सिट समेत नल्याउने माओवादीलाई आफुले ३६ सिटमा जिताइदिएको दाबी गर्दै उनले प्रचण्डले विनाशको बाटो रोजेको बताए । ओलीले प्रचण्डले जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकेको उल्लेख गरे ।

ओलीले सरकारले गरेको काम र प्रगती देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको साहारामा सरकार ढालेको बताए । ओलीले जनादेशको सरकारलाई हटाएर परमादेशको सरकार बनेको बताउँदै सरकार बनेको लामो समयसम्म पनि पुर्णता पाउन नसकेको बताए ।

सरकार गठन भएको लामो समय सम्म पनि बनाउने भन्दा विगार्ने काम गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले देशको विकासका लागि पैसा नै नभएको बताउने कस्तो दरिद्रहरुको सरकार हो भनेर प्रश्न गरे । उनले भने, ‘ हामी जाने वित्तिकै पैसा हुन्छ उनीहरु जाने वितिक्कै पैसा छैन । कस्तो दरिद्रहरुको सरकार बनेछ । मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले गरिबहरुलाई जग्गा दिने सुकुम्बासी आयोग खारेज गर्दछ । बनाउन नसक्ने तर भत्काउन विगार्न सक्ने कस्तो सरकार बनेछ ?

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ०९ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति