६ बैशाख २०८३, आइतबार | April 19, 2026

एफ सि चितवनलाई डिशहोमले प्रायोजन गर्ने



काठमाडौ । एफ सि चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ । बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटवल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ सि चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको हो ।

डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ सि चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्धारा एफ सि चितवनलाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर
गरेका छन् ।

भरत खवास मार्कि प्लेयर रहेका एफ सि चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, ईजिप्सियन खेलाडीद्घय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन्।
मेघराज केसीको प्रशिक्षणमा रहेको एफ सि चितवनमा विकाश खवास, विकाश तामाब, बिवश चौधरी, अमित तामाब, सिमन्त थापा, कुलदिप कार्की, बिशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारी लगायतका खेलाडिहरु रहेका छन् ।

एफ सि चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ । नेपाल स्पोर्टस इभेन्टस्म्यानेजमेन्टले आयोजना गरेको
एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिकोलागि प्रतिश्पर्धा गर्नेछन । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : २२ बजे

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’