१ पुस २०८२, मंगलबार | December 17, 2025

पानीको मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् ।

तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो ।

उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताए । “एक सय ४३ घरधुरीका करिब आठ नौ सय र मण्डली आधारभूत विद्यालयका विद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्”, उनले भने, “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौँ ।

फोहोर पानीले रुघाखोकी लागेर बिरामी पर्न थालेका छन् ।” विसं २०५४ मा निर्माण भएको आयोजनाका १३ वटा सार्वजनिक धारामार्फत औलाका विभिन्न टोलमा खानेपानी वितरण गरिएको थियो । पछिल्लो समय प्रायजसोले सार्वजनिक धारामा निजी पाइप जोडेर घरमै पानी लगेका थिए ।

पहाडको फेदी र संसारेखोलाको किनारमा रहेको मुहान पूर्णरुपमा सुकेको चार महिना भयो । मुहान सुकेपछि रिजर्भ ट्याङ्कीमा संसारेखोलाको पानी हालिएको छ । खोलाको पानी दूषित भएको, गाईबस्तुले बिगारिदिने, दैनिक मर्मत गरिरहनुपर्ने समस्या रहेको औलाका बासिन्दा सन्देश रन्तिजा पुनले बताए । “खोलाको पानी दूषित छ”, उनले भने, “गाईभैंसीले पाइप बिगारीदिने भएकाले दैनिकजसो बनाउनुपर्छ । नियमित पानी लैजान सकेका छैनौँ । साह्रै गाह्रो भएको छ ।” पिउन, शौचालयमा प्रयोग, सरसफाइ गर्न र गाईबस्तुलाई खुवाउन समस्या भएको छ ।

मण्डली आधारभूत विद्यालयका विद्यार्थी पनि खानेपानी पिउन धारामा लाइन बस्ने गरेका छन् । विद्यालय परिसरमा रहेको मुहान पनि खडेरीले सुकेर पानी सानो आउँछ । धारामा पानी नआउँदा औलावासी घण्टाैं पालो कुरेर त्यही मुहानको पानी भर्छन् । बुहउद्देश्यीय सभाहल निर्माण योजनासमेत पानीको समस्याले प्रभावित भएको छ । मसला बनाउन र पर्खालमा क्युरिङ गर्ने पानीको समस्या भएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

खोलाको मुहानभन्दा केही माथि संसारेखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । पुल निर्माणका क्रममा खोलामा डोजर प्रयोग गरिएकाले पानी धमिलो हुन्छ । लामो खडेरीले भूकम्पले खल्बलाएको मुहानमा असर परेर सुकेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । अन्नपूर्ण गाउँपालिका-७ का वडाध्यक्ष गमबहादुर फगामीले तत्काल सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गराउने तथा दीर्घकालीन हिसाबले निजी धारासहितको आयोजना निर्माण गर्न पहल गरेको बताए ।

“अन्तिम अवस्थामा रहेको यो आर्थिक वर्षमा बाँडफाँट भइसकेकाले बजेटको अभाव भयो”, उनले भने, “आउने वर्षमा गाउँपालिका, प्रदेश र सङ्घ सरकारमार्फत बजेट विनियोजन गरेर नयाँ आयोजना निर्माणका लागि पहल गरेको छु ।” रिमामा यो वर्ष प्रदेश सरकारले ‘एक घर एक धारा’सहितको खानेपानी आयोजना निर्माण गरिरहेको छ । रासस

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : १९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष