३ पुस २०८२, बिहिबार | December 18, 2025

ताप्लेजुङको पाथीभरा मन्दिर आजदेखि बन्द



ताप्लेजुङ । कोरोना भाइरसको महामारी दोस्रो लहरमा पुनः बढेसँगै देशभरका प्रायः सबै धार्मीकस्थलहरु बन्द गरिएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका सबै धार्मीक क्षेत्रहरु बन्द हुने क्रम जारी छ ।

यसैक्रममा ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पनि आजदेखि बन्द गरिएको छ । वैशाख ७ गते नै मन्दिरमा दर्शन बन्द हुने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए ।

मन्दिर बन्द गर्ने निर्णय आजदेखि कडाइका साथ लागू भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ‘झापा, इलाम र पाँचथर प्रशासनसँग पनि समन्वय गरेको छु,’ पाण्डेले भने, ‘मन्दिरका लागि हिँडेकालाई त्यहीबाट फर्काइदिन अनुरोध गरेको छु ।’

सरकारले यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : २१ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको