१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सङ्क्रमितले भरिए अस्पतालका शैया



काठमाडौं । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि शैया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना सङ्क्रमितले अस्पतालका शैया भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर सङ्क्रमितले भरिएको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए । उनका अनुसार ५५ आइसोलेशन श्यया पनि भरिएका छन् । दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै सङ्ख्यामा बिरामी आउने उनको भनाइ छ ।

अस्पतालमा अहिले सङ्क्रमितबाट निमोनिया लागेका बिरामीलाई मात्र भर्ना गरिएको छ । “हामीले सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई भर्ना गर्ने गरेका छैनौँ”, डा. राजभण्डारीले भने “अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र भर्ना गरेका छौँ ।”

राजभण्डारीले सङ्क्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि आग्रह गरेका छन् । अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले सङ्क्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ ।

अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा सङ्क्रमण सार्न सक्छ । सङ्क्रमण नियन्त्रण बाहिर जान थालेकाले सर्वसाधारण आफै सचेत हुनुको विकल्प छैन । “अहिलेको भाइरसले सङ्क्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको छ”, डा. राजभण्डारी भन्छन्, “अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी सङ्क्रामक देखिएको छ ।”

यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको श्यया भरिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा सङ्क्रमितको उपचार भइरहेको छ । वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा. अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष श्यया, पाँच भेन्टिलेटर पूरै भरिएको बताए ।

सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. प्रविन नेपालले १०० श्ययामध्ये सबै भरिएको जानकारी दिनुभयो । डा. कार्कीका अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४० श्यया थप गर्न थालेको हो । यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटरमा पनि सङ्क्रमित रहेका छन् ।

डा. नेपालले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गा¥ह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको जानकारी दिए । अस्पतालमा आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका बिरामी रहेका छन् ।

यस्तै वीरमा ७६ आइसोलेशनमध्ये ६६ वटा सङ्क्रमित रहेका छन् । डा. कार्कीले दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको भन्दै दैनिक सङ्क्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने बताए । उनले सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकेको जानकारी दिए । सङ्क्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोभिड–१९ का बिरामी राख्ने तयारी गरेको उनको भनाइ छ ।

त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिए । डा. काफ्लेका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिन्ड युनिट (एचडियु)मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन । उनले बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने बताए । अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उनले सङ्क्रमित संख्या बढ्ने भएको ५० आइसोलेन श्यया थपिन थालेको जानकारी दिए ।

शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाले सङ्क्रमण पहिलोभन्दा सङ्क्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् । डा. बाँस्तोलाले सङ्क्रमण यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घर बाहिर ननिस्कन अनुरोध गर्नुभएको छ । उनका अनुसार कोभिड–१९ को अहिलेको लहरमा सङ्क्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ ।

नेपालमा अहिले दुई लाख ९४ हजार ६०१ जना सङ्क्रमित, दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किएका र तीन हजार १२३ जनाको सङ्क्रमणको कारणले निधन भइसकेका छन् । यस्तै मुलुकभरि १३ हजार ५७८ होम आइसोलेशन र एक हजार १४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये १।१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १०७.८ जना मृत्यु हुने गरेको पाइएको छ । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही रहेका छन् ।

-रासस

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : ४१ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,