६ बैशाख २०८१, बिहिबार | April 18, 2024

नेपालगन्जमा लकडाउनको तेस्रो दिन, मुख्यबजार थप्प भित्रीबजार खुल्ला (फोटो फिचर)



नेपालगन्ज । नेपालगन्जमा लकडाउनको आज तेस्रो दिन । स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रमा लकडाउन घोषणा गरेको ३ दिन पुगेको छ । लकडाउनको तेस्रो दिन पनि नेपालगन्जको जनजिवन थप्प नै देखिउको छ । कोरोनाको पहिलो लहरका बेला लकडाउन उल्लंघन गर्ने शहरकारुपमा बदनामी कमाएको नेपालगन्जले यसपटक भने लकडाउनलाई कडाईका साथ पालना गरेका छन् ।

लकडाउनको तेस्रो दिन पनि नेपालगन्जका मुख्यबजारका पसलहरु पूर्णरुपमा बन्द रहेका छन् । सार्वजानिक सवारी साधनहरु निकै पातलो देखिएका छन् । बिशेषगरि नेपालगन्जमा चल्ने ई रेक्साको संख्या निकै पातलो देखिएको छ । तर सिमा नाकाबाट चल्ने नगरबसहरु भने निर्वाद चलेकाछन् । सिमानाका भारतबाट आएका नेपालीलाई बसपार्क सम्म पुर्याईदिने नाममा नगरबसहरुले स्थानीय सवारी समेत उठाउँदा स्थानीयमा कोरोनाको जोखिम बढेको छ ।

भारतबाट नेपाल फर्केका नेपालीलाई स्थानीय प्रशासनले सिमानाको जमुनाहामा होल्ड गर्ने र नगरबसहरुमा चढाएर बस टर्मिनल सम्म पुर्याउने ब्यवस्था मिलाएको छ । सिमाबाट चल्ने ती बसहरुले बाटोमा अन्य लोकल सवारी पनि टिप्ने गरेकाले कोरोना सर्ने जोखिम देखिएको हो ।

सुर्खेतरोड, घरबारी टोल, सदरलाईन जस्ता मुख्य बजारहरु बन्द भएपनि एकलैनी, फुलटेक्रा रोड जस्ता भित्री बजारहरुमा स्थानीयले पसल खोलेर कारोबार गरिरहेको पनि पाइृएको छ । बिशेषगर यतिबेला मुस्लिम समुदायको रमजान (रोजा) चलेकाले साँझको समयमा रोजा टोड्न स्थानीय सडकमा निस्केने गरेको पाईएको छ ।

स्थानीय प्रशासनले लकडाउनलाई स्थानीयले पूर्ण साथ दिएको प्रतिक्रिया दिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रशासनले निषेध गरेका कुराहरुलाई स्थानीयले पूर्णरपमा पालना गरेको दाबी गरे । उनले केहि कलेजहरुमा परीक्षा संचालनमा रहेकाले सडकमा विद्यार्थी सानो संख्यामा देखिएपनि मुख्यतया लकडाउन प्रभावकारी भएको बताए । नगरबसहरुले स्थानीय सवारी उठाएको गुनासो आएकाले भोलीबाट नगरबसहरुलाई सवारी उठाउन रोक लगाईने प्रजिअ गेलालले बताए ।

पछिल्लो एक हप्ताबाट बाँकेमा संक्रमित थपिने क्रमले एककासी रफ्तार लिएपछि बाँकेमा थामिनसक्नेगरि संक्रमण फैलिएको छ । अस्पतालका सबै बेडहरु भरिएका छन् भने स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलिएपछि जनशक्तिको समेत अभाव देखिएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ०० बजे

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर