७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपालगन्जमा लकडाउनको तेस्रो दिन, मुख्यबजार थप्प भित्रीबजार खुल्ला (फोटो फिचर)



नेपालगन्ज । नेपालगन्जमा लकडाउनको आज तेस्रो दिन । स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रमा लकडाउन घोषणा गरेको ३ दिन पुगेको छ । लकडाउनको तेस्रो दिन पनि नेपालगन्जको जनजिवन थप्प नै देखिउको छ । कोरोनाको पहिलो लहरका बेला लकडाउन उल्लंघन गर्ने शहरकारुपमा बदनामी कमाएको नेपालगन्जले यसपटक भने लकडाउनलाई कडाईका साथ पालना गरेका छन् ।

लकडाउनको तेस्रो दिन पनि नेपालगन्जका मुख्यबजारका पसलहरु पूर्णरुपमा बन्द रहेका छन् । सार्वजानिक सवारी साधनहरु निकै पातलो देखिएका छन् । बिशेषगरि नेपालगन्जमा चल्ने ई रेक्साको संख्या निकै पातलो देखिएको छ । तर सिमा नाकाबाट चल्ने नगरबसहरु भने निर्वाद चलेकाछन् । सिमानाका भारतबाट आएका नेपालीलाई बसपार्क सम्म पुर्याईदिने नाममा नगरबसहरुले स्थानीय सवारी समेत उठाउँदा स्थानीयमा कोरोनाको जोखिम बढेको छ ।

भारतबाट नेपाल फर्केका नेपालीलाई स्थानीय प्रशासनले सिमानाको जमुनाहामा होल्ड गर्ने र नगरबसहरुमा चढाएर बस टर्मिनल सम्म पुर्याउने ब्यवस्था मिलाएको छ । सिमाबाट चल्ने ती बसहरुले बाटोमा अन्य लोकल सवारी पनि टिप्ने गरेकाले कोरोना सर्ने जोखिम देखिएको हो ।

सुर्खेतरोड, घरबारी टोल, सदरलाईन जस्ता मुख्य बजारहरु बन्द भएपनि एकलैनी, फुलटेक्रा रोड जस्ता भित्री बजारहरुमा स्थानीयले पसल खोलेर कारोबार गरिरहेको पनि पाइृएको छ । बिशेषगर यतिबेला मुस्लिम समुदायको रमजान (रोजा) चलेकाले साँझको समयमा रोजा टोड्न स्थानीय सडकमा निस्केने गरेको पाईएको छ ।

स्थानीय प्रशासनले लकडाउनलाई स्थानीयले पूर्ण साथ दिएको प्रतिक्रिया दिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रशासनले निषेध गरेका कुराहरुलाई स्थानीयले पूर्णरपमा पालना गरेको दाबी गरे । उनले केहि कलेजहरुमा परीक्षा संचालनमा रहेकाले सडकमा विद्यार्थी सानो संख्यामा देखिएपनि मुख्यतया लकडाउन प्रभावकारी भएको बताए । नगरबसहरुले स्थानीय सवारी उठाएको गुनासो आएकाले भोलीबाट नगरबसहरुलाई सवारी उठाउन रोक लगाईने प्रजिअ गेलालले बताए ।

पछिल्लो एक हप्ताबाट बाँकेमा संक्रमित थपिने क्रमले एककासी रफ्तार लिएपछि बाँकेमा थामिनसक्नेगरि संक्रमण फैलिएको छ । अस्पतालका सबै बेडहरु भरिएका छन् भने स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण फैलिएपछि जनशक्तिको समेत अभाव देखिएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई