१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेको कोहलपुरले माग्यो एकसाताको ‘लकडाउन’



नेपालगन्ज । नेपालमा स्थानीय स्तरमा ‘लकडाउन’ हुने पालिकामा नेपालगन्ज उपमहानगर पछि कोहलपुरमा लकडाउन हुने भएको छ । नेपालगन्ज उपमहानगरलाई स्थानीय प्रशासनले ‘लकडाउन’ घोषणा गरेको थियो भने कोहलपुरमा स्थानीय सरकारबाट ‘लकडाउन’को घोषणा गरिएको हो । भोलि आईतबारबाट कोहलपुर नगरपालिका क्षेत्रमा १ हप्ताका लागि ‘लकडाउन’ गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

लकडाउन र कोहलपुरमा समूदय स्तरमा फैलिएको कोरोनाका सम्बन्धमा समिक्षा गर्न शनिबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि कोहलपुर नगर क्षेत्रभर लकडाउन गर्न सहमती दिएको थियो । सहमती अनुसार नगरपालिकाले आइतबार राती १२ बजेदेखि एक साताकालागि ‘लकडाउन’ गर्नका लागि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अनुरोध गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले बताए ।

नगरपालिकाका अनुसार कोहलपुर नगरभित्र शनिबार बिहानसम्म कोरोनाका २६१ जना सक्रिय संक्रमित रहेका छन् । सरकारले बनाएको मापदण्ड अनुसार सक्रिय संक्रमित २०० बढी भएको अवस्थामा पालिकाले निषेधाज्ञा माग्न सक्दछ ।

सर्वदलिय बैठकले कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । यसअघि दोस्रो चरणको कोरोना महामारी फैलिएपछि नेपाल मै पहिलो पटक नेपालगन्जमा एक हप्ताकालागि लकडाउन लागु गरिएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : २४ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल