१८ श्रावण २०८३, सोमबार | August 3, 2026

धरहरापछि अब ग्रेटर टुँडिखेल (भिडियोसहित)



काठमाडौं । भत्किएको धरहरा निर्माण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुँडिखेलको मास्टर प्लान सार्वजनिक गरेको छ ।

पुनर्निर्माण प्राधिकरणले दुई वर्ष लगाएर तयार पारेको मास्टर प्लान सार्वजनिक गरेको हो । ग्रेटर टुँडिखेलमा रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल, रंगशाला, भृकुटीमण्डप, धरहरा, केन्द्रीय कारागार क्षेत्रलाई समेटिएको छ ।

धरहरा उद्घाटनको क्रममा सार्वजनिक गरिएको ग्रेटर टुँडिखेल मास्टर प्लान सबै पक्षको सहमति लिएर आगामी वर्षदेखि कार्यान्वयना आउने अपेक्षा रहेको प्राधिकरणले जनाएको छ ।

धरहरा उद्घाटन भएकै दिनमा नागरिक आन्दोलनकारीहरुले तिनि ख्यः (तिं ख्यः)लाई खुला गर्न आग्रह गरेका छन् । उनीहरुले टुँडिखलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गर्दै नागरिकले निस्फिक्री टहल्ने र सास फेर्ने हक सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले भनेका छन्, रानीपोखरीदेखि रंगशालासम्म, भृकुटीमण्डपदेखि माइतीघरसम्म पूरै तिनि ख्यः कायम गरिनुपर्दछ । लोकतन्त्र बलियो बनाउन समुदायको सम्पदा समुदायकै जिम्मा फर्काउनुपर्दछ ।’

 

ग्रेटर टुँडिखेल भिडियो

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ५५ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल