२४ बैशाख २०८१, सोमबार | May 6, 2024

धरहरापछि अब ग्रेटर टुँडिखेल (भिडियोसहित)



काठमाडौं । भत्किएको धरहरा निर्माण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुँडिखेलको मास्टर प्लान सार्वजनिक गरेको छ ।

पुनर्निर्माण प्राधिकरणले दुई वर्ष लगाएर तयार पारेको मास्टर प्लान सार्वजनिक गरेको हो । ग्रेटर टुँडिखेलमा रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल, रंगशाला, भृकुटीमण्डप, धरहरा, केन्द्रीय कारागार क्षेत्रलाई समेटिएको छ ।

धरहरा उद्घाटनको क्रममा सार्वजनिक गरिएको ग्रेटर टुँडिखेल मास्टर प्लान सबै पक्षको सहमति लिएर आगामी वर्षदेखि कार्यान्वयना आउने अपेक्षा रहेको प्राधिकरणले जनाएको छ ।

धरहरा उद्घाटन भएकै दिनमा नागरिक आन्दोलनकारीहरुले तिनि ख्यः (तिं ख्यः)लाई खुला गर्न आग्रह गरेका छन् । उनीहरुले टुँडिखलमा नेपाली सेनाको तारबार हटाएर नागरिकका लागि खुला गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गर्दै नागरिकले निस्फिक्री टहल्ने र सास फेर्ने हक सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

उनीहरुले भनेका छन्, रानीपोखरीदेखि रंगशालासम्म, भृकुटीमण्डपदेखि माइतीघरसम्म पूरै तिनि ख्यः कायम गरिनुपर्दछ । लोकतन्त्र बलियो बनाउन समुदायको सम्पदा समुदायकै जिम्मा फर्काउनुपर्दछ ।’

 

ग्रेटर टुँडिखेल भिडियो

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ५५ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष