२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गरेकी छिन् ।

गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए तापनि राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको जनाउँदै राष्ट्रपतिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने र प्रभावितको पुनःस्थापनालाई लगभग अन्तिम चरणमा पु¥याएको बताएकी छिन् ।

हालसम्म लाखौँ निजी आवास तथा हजारौँ विद्यालयको पुनर्निर्माण भइसकेको छ र केही निर्माणाधीन रहेको जनाउँदै राष्ट्रपतिले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी, दरबार हाइस्कूल, दशरथ रङ्गशाला, धरहरालगायत ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका संरचनाको पुनर्निर्माण सम्पन्न हुनु सुखद् विषय भएको र धेरै सरकारी भवन, मठमन्दिर, गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताएकी छिन् ।

पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनाका साथै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरिएको जनाउँदै राष्ट्रपति भण्डारीले अब बन्ने संरचनामा पनि हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्नेमा सचेष्ट रहन सम्बद्ध पक्षको विशेष ध्यानाकर्षणका साथ पुनर्निर्माणमा अहोरात्र खटिने राष्ट्रसेवक‚ कालिगढ‚ श्रमिक एवं दातृ निकायप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

“हाम्रो देशको भौगोलिक अवस्थिति र बनावटका कारण हामी भूकम्प, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छौंँ । यस संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार तथा संरचनाहरू निर्माण गर्नुपर्दछ । भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरूको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ।”, सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीका साथै सामुदायिक सचेतना अभिवृद्धि गर्दै चुस्त व्यवस्थापनसहित प्रभावकारी प्रतिकार्यका लागि सदा तयारी अवस्थामा रहन सम्बद्ध सबैको ध्यानाकर्षण गराएकी छिन् । भण्डारीले २०७२ सालको भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका सिकाइले भविष्यमा विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न थप सहयोग पु¥याउने छ भन्ने विश्वासका साथ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेकी छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : ५६ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना